आजको समाज र आर्थिक विकासको प्रमुख बाधक : वित्तीय साक्षरताको अभाव

0
883

व्यक्ति मिलेर समाजको निर्माण हुन्छ भने हरेक व्यक्तिले विभिन्न ढंगले आर्थिक गतिविधिमा संलग्नता देखाएका हुन्छन् । चाहे त्यो व्यक्तिगत, समूहगत वा संस्थागत हुन सक्छ । यी सबै गतिविधिले समाज र समग्र देशकै आर्थिक क्रियाकलापहरूलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ । आफन्तको बीचमा कोही पनि विपन्न वर्गमा रहेर बाँच्न चाहँदैन । हरेक क्रय÷विक्रयको माध्यम भनेको धन सम्पत्ति नै हो जसको महत्व बढ्दो छ । हरेक व्यक्ति दिन प्रतिदिन धनी बन्न चाहन्छ । परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको देशलाई नै असर पर्दै जानु हो ।

वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञान पनि वित्तीय साक्षरताको उद्देश्य हो । कसरी वित्तीय व्यवस्थापन गर्ने, स्रोत कहाँबाट जुटाउने, कहाँ लगानी गर्ने, आय विश्लेषण, लगानी विश्लेषण, कर्मचारी भर्ना विधि, पुँजीगत निर्णय, सम्पत्ति, दायित्व, आम्दानी, खर्च, नगद प्रवाह, पैसाको वर्तमान तथा भविष्यको मूल्य जस्ता वित्तीय व्यवस्थापनको ज्ञान दिनु वित्तीय साक्षरता हो । व्यवसायको विकास र विस्तार व्यवसाय सृजना तथा प्रबद्र्घन पनि वित्तीय साक्षरताको उद्देश्य हो । वित्तीय रूपमा साक्षर व्यक्तिले आफ्नो आय वृद्घि गर्न आफ्नो काम तथा व्यवसायको प्रबद्र्घन कसरी गर्ने, कति आम्दानी गर्न सकिन्छ भन्ने सम्बन्धमा सही निर्णय लिन सक्छ । त्यसैगरी ग्राहक सम्बन्ध, बजार व्यवस्थापन, उत्पादन व्यवस्थापन, मौज्दात व्यवस्थापन आदिका बारेमा ज्ञान दिनु पनि वित्तीय साक्षरताको उद्देश्य हो ।

पछिल्लो समयमा नेपालमा वित्तीय साक्षरताको विषय जल्दोबल्दो विषयका रूपमा चर्चा पाउन थालेको छ । वित्तीय साक्षरता भन्नाले कुनै पनि व्यक्तिसँग भएको आर्थिक वा वित्तीय स्रोत–साधनको प्रभावकारी एवम् मितव्ययी उपयोग गर्ने ज्ञान नै वित्तीय साक्षारता हो । अर्थात् मानिसले दैनिक जीवनयापनमा आफूसँग भएको वित्तीय स्रोतको परिचालन सही ढंगले प्रयोग गर्ने कला हो । हरेक व्यक्तिसँग भएको सीमित साधन–स्रोतको उच्चतम् र कुशल उपयोगबारे जानकारी दिँदै आयमूलक क्षेत्रमा लगानी गर्ने र त्यसबाट आर्थिक उन्नति गर्ने ज्ञान, सीप र कला प्रदान गर्नु वित्तीय साक्षरताको लक्ष्य हुन्छ । वित्तीय साक्षरतालाई वित्तीय चेतना तथा वित्तीय शिक्षा पनि भनिन्छ । वित्तीय साक्षरताले पैसाको महत्व बुझ्न र सो अनुसार त्यसको उचित व्यवस्थापन गर्ने शिक्षा प्रदान गर्दछ ।

पैसाको सदुपयोगबाट आर्थिक तथा सामाजिक सुरक्षा हासिल गर्ने, सीमित साधन–स्रोतका अधिकतम् उपयोग गरी असीमित आवश्यकताहरूलाई प्राथमिकताको आधारमा पूरा गर्न व्यवस्थित बजेट बनाउने तरिका सिकाउने तथा सीमित साधनको व्यवस्थित परिचालन र उच्चतम् सदुपयोग गर्ने कला, सीप र ज्ञान वित्तीय साक्षरताले प्रदान गर्दछ ।

अर्को शब्दमा मानव जीवनका लागि अति आवश्यक पैसा वा धन सम्पत्ति कानून बमोजिम मात्र आर्जन गर्ने, पैसा खर्च गर्दा मितव्ययीरूपमा बजेट बनाएर आय बमोजिम खर्च गर्ने, आफ्नो आयको केही अंश भविष्यका लागि बचत गर्ने तथा उद्यम, व्यवसाय गर्नका लागि कर्जा लिने र वैदेशिक रोजगारीको कमाइको सही उपयोग गर्ने ज्ञान तथा सीप वित्तीय चेतनाले दिन्छ । त्यसैगरी वित्तीय साक्षताले व्यवसायमा भैपरी आउन सक्ने जोखिम व्यहोर्न र जोखिम न्यूनीकरण गर्नका लागि बीमा तथा सुरक्षण गर्ने, गैरकानूनी ढंगबाट आर्जन गरेको सम्पत्तिले समस्या ल्याउँछ भन्ने जस्ता विषयमा आवश्यक न्यूनतम् ज्ञान प्रदान गर्दछ । वित्तीय चेतना मार्फत् व्यक्ति आफ्नो स्रोत र साधनको उपयोग विषयमा उचित निर्णय गर्न सक्षम हुन्छ । यसबाट व्यक्तिको र राष्ट्रको समेत आर्थिक उन्नतिमा सहयोग पुग्दछ ।

नेपालको जनसंख्याको ठूलो भाग अभैm पनि वित्तीय सेवाबाट वञ्चित रहेको छ । नेपालमा एक चौथाइ जति जनसंख्या गरिबीको रेखामुनि रहेको छ र सो जनसंख्यालाई गरिबीबाट मुक्त गराउनु आवश्यक छ । गरिबी तथा वेरोजगारीको यो भयावह स्थिति, वित्तीय सेवाको न्यून पहुँचको अवस्थाबाट मुक्तिको लागि वित्तीय साक्षरता अभियान अपरिहार्य छ । वित्तीय साक्षरता गरिबहरूलाई गरिबीबाट मुक्ति दिलाउन मात्र आवश्यक छ भन्ने होइन । यो शिक्षा समाजका हरेक व्यक्तिलाई आवश्यक छ । उचित वित्तीय शिक्षाले मात्र उद्यम व्यवसायका सम्भावित जोखिमबाट बच्न वा जोखिमलाई न्यूनीकरण गर्न सम्भव हुन्छ । वित्तीय साक्षरताको सवालमा राष्ट्रका भोलिका कर्णधार आजका बाल–बालिकालाई अहिलेदेखि नै अर्थ तथा वित्त सम्बन्धी असल संस्कार, बानी–व्यहोरा, आचरण सिकाउन थालेमा भोलिका दिनमा उनीहरूबाट परिवार, समाज र राष्ट्रले राम्रो प्रतिफल पाउन सक्छ । वित्तीय साक्षरता सम्बन्धी शिक्षा विद्यालयस्तरदेखि नै पाठ्यक्रममा समेटिन अति नै जरुरी छ ।


जसले बालबच्चाहरूलाई अहिलेदेखि नै वित्तीय चेतना आई भविष्यमा यसको सकारात्मक प्रभाव पर्ने छ । यति मात्र नभै विद्यालयस्तरमा नैतिक शिक्षाको अध्ययन गराए भैंm वित्तीय अनुशासनका बारेमा बालबालिकाले तल्लै स्तरमा बुझ्न पाए भने वित्तीय अनुशासनको विकास भई भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ । वित्तीय ज्ञानको उपर्युक्त महत्व एवम् अपरिहार्यता तथा नेपालमा पनि अधिकांश बालबालिका र युवाहरू औपचारिक वित्तीय सेवाको पहँुचभन्दा बाहिर रहेको सन्दर्भमा तिनलाई वित्तीय पहुँचको दायरामा ल्याउन बालबालिका र युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी राष्ट्रिय अभियान चलाइएमा हामीले देखेको समृद्घि टाढा छैन । तर, यदि हामीले आजका विद्यार्थी नानीबाबुहरूलाई वित्तीय साक्षरता प्रदान गर्न सकेनौं भने हामीले देखेको सपना किञ्चित पूरा नहुने कुरामा दुईमत छैन । विश्वका सबै बालबालिकाहरू प्राथमिक स्तरको शिक्षा सम्पन्न गरेर विद्यालयबाट निस्कँदासम्ममा बैंक तथा वित्तीय संस्थामा अनिवार्य रूपमा उनीहरूको बचत खाता हुनुपर्ने र त्यो खाता सही ढंगले सञ्चालन गर्न सक्ने ज्ञान र सीप समेत हासिल गराउने गरिन्छ । सो कुरा अबको सरकारदेखि स्थानीय निकायहरूले ध्यान दिएमा यो कुरा असम्भव छैन ।

यस अभियानलाई सार्थक पार्न नेपालमा पनि वित्तीय साक्षरता सम्बन्धी विविध कर्यक्रमहरू सञ्चालन हुन थालेको पाइन्छ । नेपालका बैंक तथा वित्तीय संस्थाले पनि वित्तीय साक्षरता कार्यक्रम गरिरहेका छन् । यस वर्ष नेपाल राष्ट्र बैंकले मार्च महिनामा ९न्यिदब िःयलभथ ध्भभप(द्दण्द्दद्द) अन्तर्गत हरेक बैंकलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरी त्यसको प्रतिवेदन पेश गर्नु भन्ने निर्देशन गरेको थियो । तर, त्यो मात्र पर्याप्त देखिँदैन, यसलाई राज्यस्तरबाट नै एउटा अभियानको रूपमा आत्मसात गरी आएमा वित्तीय साक्षरता वृद्घि गरी देशलाई आर्थिक रूपमा सबल बनाउन सकिने कुरालाई नकार्न सकिँदैन ।

अझ अहिलेका स्थानीय निकायका जनप्रतिनिधिहरू मार्फत वित्तीय क्षेत्रका जानकारहरूको राय–सल्लाह सुझावमा स्थानीय स्तरमा नै वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरेमा त्यो प्रभावकारी हुनेछ जसले जनमानसमा सकारात्मक सन्देश जानेछ र समाजमा वित्तीय पहुँचमा उल्लेख्य वृद्घि हुनेछ । यदि यसो गर्न सके सामाजिक न्याय र समानुपातिक आर्थिक वितरणलाई पनि टेवा पु¥याउन सकिन्छ ।

नेपालको सन्दर्भमा अहिले हरेक स्थानीय, प्रदेश र केन्द्रमा देखिएको वित्तीय तथा आर्थिक समस्या पनि वित्तीय साक्षरताको कमी नै हो भन्नुमा कुनै अत्युक्ति नहोला, किनभने आज हामीले देखेका र सुनेका भ्रष्टाचारको समाचार स्थानीय निकायका जनप्रतिनिधिले खर्च गर्ने शीर्षक नमिलाउँदा र जथाभावी खर्च गर्दिनाले नै आएको बुझिन्छ । चुनावताका गरेका वाचा पूरा गर्ने र सहयोगीलाई रिझाउने कार्यले पनि समस्या देखिएको छ । जुन कार्य विधि र प्रक्रियासंगत नहुन सक्छ, जसको कारणले बेरूजुको दर बढ्दै गएको भान हुन्छ । दैनिक यी सम्पूर्ण कुराको ज्ञान र उचित प्रयोगले मात्र मुलुकमा समृद्घिको आधार तयार गर्न सकिने छ । मुलुकको समग्र आर्थिक उन्नतिका लागि वित्तीय साक्षरता कोशेढुंगा सिद्ध हुन सक्छ ।
(गिरी एक्सल डेभलपमन्ट बैंकका कर्जा विभाग प्रमुख हुन् ।)

skg.sirjan@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here