सपना अब साकार गर्ने हो भने

0
465

 

योगेश ओली

लक्ष प्राप्ति हेतु सपना देख्नु जरुरी । यस अर्थमा सम्बृद्ध विकाशील राष्ट्र नेपाल हाम्रो सपना हो । तर कुन कालसम्म यही सपना नासो सरह पुस्ता हस्तान्तर गर्दै जाने ? विश्व मान चित्रमा सम्बृद्ध कहलिएका राष्ट्रहरु मंगल ग्रहमा मानव सभ्यताको सपना देखेर त्यस दिशामा अघि बढ्दै गर्दा हामी भने धेरै भन्दा धेरै समय राज्य व्यवस्था परिवर्तन गर्नमा नै बिताउादै आयौ । तर यो अनि त्यो राजनीतिक परिवर्तन गर्दै आजका दिन सम्म आउादै गर्दा के वास्तवमै बन्दै छ त नेपाल ? प्रश्न गम्भीर छ । तर, प्रश्न जति नै गम्भीर र सान्दर्भिक प्रतिप्रश्न पनि छ । के तपाई हामीलाई विश्वास छ बन्ने छ नेपाल भनेर ? के लागि पर्दै छांै तपाई हामी बनाउन उसलाई ? सपना पूरा गर्न पहिला सपना देख्न जरुरी छ ननिदाई । किन भने जुन दिनबाट सपना देखिन्छ त्यहााबाट निदाउने फुर्सद कसैलाई हुादैन । तर, हाम्रो बिडम्वना भने पनि नियति भने पनि यस्तो भयो कि सपना या त आाखा बन्द गरेर देखियो या सपनापछि निदाउने बाहेक काम नै गरेनौ । कुनै अमुख राज्य व्यवस्था नै विकासको बाधक हो मानेर परिवर्तनका नाममा परिवर्तन गर्नमा नै आधा शताव्दी बिताउनु हामीले बन्द आाखाले देखेको सपना थियो भने त्यस पछिका समयमा राजनीतिक संस्कारको विकास नगरेर दल र व्यक्ति बिशेषलाई देवत्व गर्नु हाम्रो निदाएको अवस्था हो ।

भनिन्छ, नि मानिस खान नखाई ४ हप्ता बााच्न सक्छ, पानी न पिइकन ४ घण्टा, बिना श्वास फेरी ४ मिनेट तर बिना आशा ४ सेकेन्ड पनि बााच्दैन भनेर। त्यसैले अनेक आरोह अवरोहकाबीच पनि नेपाल बााचेको छ, किनभने हामीले आशा मार्न छाडेको छैन । छैन हामीले सपना देख्न बन्दै छ नेपाल भनेर, बन्ने छ नेपाल भनेर । तसर्थ आशा अनि सपनालाई चरितार्थ गर्नु अबको पहिलो आवश्यकता हो । यसका लागि यहााको मानसिकता परिवर्तन जरुरी छ । कुनै पनि राजनीतिक व्यवस्था आफैमा साध्य होइन, ऊ त साधन मात्रै हो । चाहे पुरानो मोडेलको टेलिभिजन होस्, चाहे एलसी डी, एलइडीवा स्मार्ट, आखिर यी सबै टेलिभिजन मात्रै नै हुन जसको उपयोगिता तब मात्रै सम्भव हुन्छ जतिबेला उसमा बिजुली, नेटवर्क, दर्शकको समायोजन हुन्छ । कुनै एक मोडेलको टेलिभिजन भित्र्याउादैमा मात्रै हुादैन । नेपाली राज्य व्यवस्था अन्तर्गत पनि एकतन्त्री जहानिया राणा साशनबाट पञ्चायती हदै प्रजातन्त्र फेरी लोकतन्त्र अनि गणतन्त्र एकपछि अर्को एकसे एक मोडेल स्थापना गरिए तर कुनै पनि मोडेलमा देश बनिरहेको नहुनु उही फ्युजनको कमी हो । कुनै पनि राजनीतिक व्यवस्था सफल भएर राष्ट्रले गति लिनका खातिर राजनीतिक नेतृत्वको इच्छा शक्ति, राजनीतिक संस्कार, निष्ठावान राजनीतिक दल अनि सजक जनताको फ्युजन आवश्यक हुन्छ । हरेक सफल क्रान्ति(आन्दोलन अनि देश निर्माणको इतिहासमा एउटा असल नेतृत्वको इतिहास पनिसंग–संगै जोडिएको हुन्छ । राजनीतिक आन्दोलन, राष्ट्र–निर्माण अनि नेतृत्वबीच निकै घनिष्ट सम्बन्ध हुन्छ । राजनीतिक नेतृत्व र त्यसको मनोविज्ञानले राजनीतिक घटनाक्रमलाई कुनै नै कुनै प्रकारले प्रभावित परिरहेको हुन्छ । हाम्रो देश जुन महादेशमा खडा छ त्यही महादेशका शक्तिशाली सम्बृद्ध मुलुक सम्झने हो भने ति प्रत्येकमा फरक–फरक व्यवस्था पाइन्छ । छिमेकी देश भारत जहा प्रजातान्त्रिक व्यवस्था छ ऊ विश्व शक्ति राष्ट्रहरुको सूचीमा पर्छ । हाम्रो दक्षिणको छिमेक चीन जहाा कम्युनिष्ट शासन व्यवस्था छ ऊ त झन् विश्वको तेस्रो शक्तिशाली राष्ट्र भएर विश्व अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउादै छ । कतार, युएइ जस्ता खाडी मुलुक जहाा राजतन्त्रात्मक व्यवस्था छ ऊ आफ्नो श्रीबृद्धिसंगै नेपाल जस्ता देशका बेरोजगार जनशक्तिलाई रोजगार दिएर तिनका राष्ट्रलाई रेमिटान्सका भरमा अर्थतन्त्र चलाउन पनि सहयोग पुर्‍याएकै छ । यी तथ्यले एउटै कुरा पुष्टि गरेको छ यदि व्यक्तिगत अनि दलगत स्वार्थको जोड घटाउ भन्दामाथि उठेर सर्व हिताय नम: को संकल्पका साथ अघि बढ्ने हो भने कुनै पनि व्यवस्था आफैमा बाधक बन्दैन ।

यी तमाम यथार्त हामी नेपालीका लागि कितावी ज्ञान मात्र रहेन । स्वयम् हामीले लामो समयदेखि भोग्दै र देख्दै आएका हौ । यदी वास्तवमै नेपाल बनाउने नै हो भने अब नेपाली जनता, राजनीतिक दल, राजनीतिक नेतृत्व सबैले बिगतलाई पाठका रुपमा ग्रहण गरेर अघि बढ्नुपर्छ । आजको यो परिस्थितिको जिम्मेवार जति मात्रामा हाम्रा अदुरदर्शी अक्षम राजनीतिक दल र तिनका नेता छन् । उति नै जवाफदेही हामी पनि हुनुपर्छ । हामीले कहिले पनि सामुहिक रुपमा हाम्रा राजनीतिक पार्टी र तिनका नेताका गलत कदमका बिरुद्धमा आवाज उठाएनौ । हामी आआफ्ना दलप्रति यसरी विभक्त छौ । तिनका कमी कमजोरीलाइ छोप्न बरु कयन पटक आपसमा लड्न पुग्छौ तर सहीलाई ठीक, गलतलाई बेठीक भन्दैनौ । हामी हरेक आ–आफ्नै निश्चित राजनीतिक आस्थाका धनी हौला तर उसो भन्दैमा के मेरो आस्थाको प्रतिनिधित्व गर्ने पार्टीले गरेको सप्पै नैतिक अनैतिक काम र कदम जायज अनि अरु चाहिा सबै नाजायज ? हामी आम जनता त्यसमा पनि प्रयास युवा जमातबाट हुादै आएको एउटा प्रतिनिधि भूल हो यो । किनभने राजनीतिक रुपमा सचेत हुनु र राजनीतिक संस्कारको विकास गर्नु दुई नितान्त भिन्न कुरा हुन । हामी राजनीतिक अधिकारका बारे सचेत हुादै गर्दा संस्कारको विकास बारे पटक्कै ध्यान गरेनौ नतिजा अप्राकृतिक राजनीतिले हाागा फैलाउादै गयो । निषेदको राजनीति, दम्बको राजनीति, गुठ र उपगुठको निर्माण यसका केही परिणतीहरु हुन पुगे । जसले गर्दा आज स्वार्थको राजनीति हावी भयो र योग्यता, मेहनत र योगदान भन्दा पनि अवसरवाद, नातावाद, कृपावाद यहाको नियति बन्यो । समग्रमा जसको प्रत्यक्ष असर आज देशले व्योहोरिरहेछ अनि शायद अब पनि आजको पिढीले सचेत नहुने हो भने आगामी भविष्य कस्तो हुादै जाला कल्पना गरिरहनै पर्दैन । त्यसैले अब हामीले स्वयम्लाई परिवर्तन गर्नुपर्छ जस्ले अरुलाई पनि बाध्य बनाओस् परिवर्तनका निम्ति ।

हामी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अभ्यास गर्ने क्रममा उसलाई संस्थागत गर्न संविधान निर्माण प्रक्रियामा छौं । आजको अवस्था भनेको विभिन्न जटिलताकाबीच जतिसक्दो चाडो राष्ट्रलाई सर्व स्वीकार्य संविधान बनाएर राष्ट्रलाई एउटा गति दिने हो । यसका खातिर लामो समयदेखि संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली जस्ता कुरामा परेको गाठोलाई कुनै पनि राजनीतिक दल बिशेषले जुगाको लडाईका रुपमा नलिइकन दल भन्दामाथि उठेर निकास दिने बाटोमा लाग्नुपर्छ । यहाा प्रश्न कुन दलको एजेन्डा कति स्थापित हुने, कसले कति छाड्ने भन्ने होइन अहिलेको प्रश्न भनेको देश निर्माणतर्फ लाग्ने कि अब पनि कुनैवाद र तन्त्रको वादलभित्रै रुमल्लिरहने भन्ने हो । संघीय गणतन्त्र हामी सबैलाई स्वीकार्य छ भने तिनका अवयवहरु स्वीकार्न किन अप्ठारो ? संसदीय प्रधानमन्त्री, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणाली कुनै एकमा सहमति गर्न आखिर दलगत हट वाहेक के ले छेक्छ होला र ? अनि निर्वाचन प्रणालीमा पनि लोकतन्त्रको मूल्य मान्यतामा टेकेर निर्णय सबैको प्रतिनिधित्व निश्चित हुने कुनै प्रणाली लिन सकिन्छ । न्याय प्रणालीलाई स्वतन्त्र राख्न सबैको सहमति छ भने के लागि यत्रो विवाद गरिादै छ ? संविधान निर्माण प्रक्रियामा अर्की उल्झन बनेको बिषय संघीयता अरु भन्दा अलिक पेचिलो र घनिभुत छलफल र बहस आवश्यक रहेको विसय भएपनि आजका दिनसम्म सतही रुपमा नै विवाद गरेर सारमा चाहिा प्रवेश नै नगरेको अवस्था छ । भोलि प्रादेशिक संरचना कस्तो हुने ? स्रोत साधनको बााडफााड कसरी गर्ने ? केन्ऽ र प्रदेशबीच कस्तो सम्बन्ध रहने ? यी यस्ता केही प्रश्नहरु हुन जसप्रति आज छलफल जरुरी छ न कि संख्या अनि आधार । प्रादेशिक संख्या भनेको भोलि समयको माघ अनुसार थपघट गर्दै लगिन सकिने विषय हो भने संघीयताको मुख्य आधार भनेको विकेन्ऽीकरण हो जसलाई टेकेर सबैले आफ्नो पहिचान अक्षुण राख्दै दरिलो राष्ट्रियता पैदा गर्न सकिन्छ । त्यसैले यदी कसैले पनि धमिलो पानीमा माछा मार्ने सोच नराख्ने र समयभित्रै संबिधान निर्माण तर्फ लाग्ने हो भने देश बनाउन सकिन्छ ।

त्यसैले संविधान भनेको ढुंगामा लेखिएको बस्तु होइन भन्ने तथ्यलाई मनन गर्दै राष्ट्र निर्माणको खाका कोर्ने त्यो बिधानलाई जनतालाई सुम्पिने कार्य गर्न अब ढिलाई गरिनु हुन्न । यदी बेलैमा संविधान निर्माण गरेर शान्ति सुरक्षा, सुशासनको प्रत्याभूति गरिने र रचनात्मक सोचको विकास गर्दै असल राजनीतिक संस्कारको विकास गर्ने हो भने हामी माझ राष्ट्र निर्माणका प्रशस्त अवसरहरु नभएका होइनन् । प्रचुर जल बिद्युतको सम्भावना बोकेका नदीनाला, पर्यटकीय उद्योगको गतिलो आशा बोकेको मनोरम आकर्षक हिमशिखर, जडीबुटीयुक्त घना बन जंगल, पौरखी युवा युवती सबै हाम्रो सुनौलो भविष्यको आधारहरु हुन् । यदी सार्थक संविधान बनाएरस्थिर शासन व्यवस्था मात्रै हुने हो भने पक्कै नेपाल व्युतिन्छ । त्यसैले यदि सही मानेमा परिवर्तनको सपना देख्ने हो भने आजकै दिनबाट पहिला आफूलाई त्यस अनुरुप व्यवहारमा ढाल्न सक्नुपर्छ । अनि तेसो गर्दै गर्दा त्यो संस्कार, जिम्मेवारी बोध अरुहरुलाई पनि गराउादै लान सक्नु पनि पर्छ । यसमा दुई मत नै छैन अनि बन्ने छ नेपाल ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here