तनहूा जिल्लाको व्यासनगर नगरपालिका बडा नं. ८ चापाघाटस्थित ज्येष्ठ नागरिक आश्रममा बस्दै आएकी ९० बर्षीया आइतुमाया थापाको मृत्यु भएपछि दमौलीका महिलाले आफै शव बोकेर अत्येष्टीका लागि लिएर गएका छन् । छोरी चेलीलाई शव बोक्न निषेध गरिएको हाम्रो समाजमा त्यस्ता परम्परागत धारणालाई तोडेर दमौलीका महिलाले छोराछोरी बराबरी हुन् भन्ने सन्देशलाई व्यवहारिक रुपमा उतारेर अनुकरणीय मात्र होइन उदाहरणीय काम गरेका छन् । यो सन्देशले हाम्रो रुढीग्रस्त समाजमा सकारात्मक प्रभाव पार्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।
आश्रममा रहेकी बृद्धालाई आफ्नै आमाजस्तै गरी पालनपोषण गर्दै आएकोमा उनको निधनले आफूहरुलाई विव्हल बनाएको र शोकमा एक छाक खाना समेत छोडेर शोक मनाउने आश्रम सञ्चालक समितिमा रहेका महिलाहरुले गरेको निर्णय सान्दर्भिक ठानिएको छ । आफन्तजन मध्ये कोही नआएका थिए भने दागबत्ती पनि आफैले दिने निर्णय गरेका उनीहरुले ठीक समयमा मृतकका भतिजा आइपुगेकाले मात्र उनलाई ‘दागबत्ती’को अवसर दिएको बताउाछन् । पश्चिम नेपालमा महिलामाथि ‘छाउपडी’ को कु–संस्कार छ । त्यो त्यहााका लागि अनिवार्य पनि होला ? जुन समयमा महिलाले नुहाइधुवाइ सफा रहनुपर्ने हो– त्यसै समयमा घरबाट निकालिएर गोठ, घुर्यान जस्ता फोहोर ठाउामा बस्न बाध्य बनाइने चलनलाई कसरी हटाउादै लैजाने ? भन्ने चिन्ता र चासो सबैमा छ ।
तराइका नेपालीहरुमा ‘दहेज’(दाइजो)को बाध्यताकारी परम्पराले छोरी–चेली हुनु भनेको आमा–बाका लागि ‘शरदर्द’ (टाउको दुखाई) छ । त्यो कु–संस्कारको जालो पहाडे नेपालीहरुमा पनि सरुवा रोगजस्तै भएर पस्न थालेको छ । किराात धर्मगुरु फाल्गुनन्दलाई भण्डारी पण्डितले बेद सिकाउन थाल्दा तत्कालीन ब्राम्हण समाजले ‘शुद्र’ लाई कुन शास्त्रका आधारमा वेद सिकाउाछौं, तिमीलाई जातबाट च्यूत गर्छौ भन्दा उनले– जन्ममा भरमा कोही शुद्र हुादैन र उनी शुद्र नभएर बैश्य हुन् भनेका थिए । ब्राम्हण कुलमा जन्मिएर पनि कर्मबाट च्यूत छ भने त्यो ब्राम्हण हुादैन भन्ने भनाई छ ।
भन्नलाई भनिन्छ– हामी २१औं शताब्दीको संघारमा आइपुगेका छौं । तर हाम्रो नेपाली समाजमा अझै पनि छुवाछुत जस्ता कुसंस्कार मात्र होइन धेरै अमानवीय कु–संस्कारहरु सर्वत्र व्याप्त छन् । यस्ता विषयमा परिवर्तन आउन सजिलो छैन । यो एक्कासी हुादैन पनि । यसका लागि विस्तार–विस्तारै थालनी गर्नुपर्दछ । कतैकतै छोरा नभएको अवस्थामा छोरी आफै पनि मुण्डन गरेर बुबाआमाका किरियापुत्री बस्न थालेका छन् । शारीरिक अवस्था र आवश्यकता(वाइलोजिकल कण्डिसन र नीड) ले मात्र त छोरा–छोरीमा केही भिन्नता छ अन्यथा मानसिक लगायतका अरु कुरामा छोरी कहिल्यै कम भएका छैनन् ।
नालापानीको युद्धमा आफ्नो कपालको घुाइत्रो बनाएर शत्रुलाई आच्छुआच्छु पार्ने हाम्रा चेलीहरु धेरै बर्ष घर भित्रै कुाजिएर बस्न बाध्य थिए । तर माओवादीले प्रारम्भ गरेको ‘जनयुद्ध’– मा एसएलआर र एके फोर्टी सेभेन चलाउने भए । ती पनि त हाम्रै छोरी–चेली हुन् । सीता, सावित्री, भृकुटीको कथा पढाइएको हाम्रै समाजमा गार्गी, मदालसा, मैत्रेइ, मार्गरेट थ्याचर, बेनजिर भुट्टोहरु पनि त महिला नै हुन् । उनीहरुले पनि आफ्नो समाजमा मात्रै होइन संसारमा उदाहरण प्रस्तुत गरेका छन् । गलत परम्परालाई मास्नैपर्छ । त्यसकालागि क्रमश: सुधारको आवश्यकता छ । र, यस्ता सुधारात्मक कामका लागि देशको नियमकानून पर्खिरहनु पर्दैन । आफंैले थाल्नुपर्दछ । समाजमा कुसंस्कार हटाउने काममा खासगरी आमाहरुको समूह(मातृशक्ति)ले प्रारम्भ गरिदिए भने सुधारले पनि मूर्तरुप लिन सक्छ । सुधार एकै चोटी हुादैन क्रमश: गर्दै लैजानुपर्दछ । तनहुाका आमाहरुबाट थालिएको यो कार्य देशका सबैलाई प्रेरणादायी बनोस् ।