पथरी, कात्तिक २५ । मोरङको रानी भन्सार नाकाबाट प्रहरीले मृगको छालासहित एकजनालाई पक्राउ गरेको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार भन्सार ढाटमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले जाँचका क्रममा सोमबार साँझ मृगको छालासहित सुनसरीको लौकही–१ का ६३ वर्षीय धनिलाल ठाकुर दासलाई पक्राउ गरेको हो ।
उनको साथबाट दुई÷चार लम्बाइ एक÷आठ चौडाइ फिट भएको मृगको छाला बरामद भएको थियो । दासलाई सशस्त्र प्रहरी बलले कारबाही प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय रानीलाई जिम्मा लगाएको छ ।