साइबर क्राइम र लागूऔषध विरुद्ध विद्यार्थी पढाउँदै एसपी मैनाली

0
200

 बिर्तामोड ।

पछिल्लो समय लागू औषध र साइबर क्रमइमका घटना बढ्न थाले पछि प्रहरीले विद्यार्थीलाई सचेतना मुलक कक्षाहरु सञ्चालन गर्न शुरु भरेको छ ।

यसैक्रममा नराम्रो काम गर्दिन भनेर सपथ ख्वाउँदै विद्यार्थीलाई जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक दिनेशराज मैनाली समाजमा सकारात्मक काम गर्ने प्रतिबद्धता जनाउन लगाएका छन् । रेहदोन शिक्षा फाउन्डेसन कक्षा १२ का विद्यार्थीहरूलाई साइबर अपराध र लागूऔषध सम्बन्धी समस्याहरू सम्बन्धी परामर्श दिदैं प्रहरी उपरीक्षक मैनालीले लागू औषध र साइबर अपराधबाट हुने घटनाका विषयमा जानकारी दिदैं कसरी बच्ने बन्ने विषयमा प्रशिक्षण दिएका थिए ।

प्रहरी कार्यालय, सोह्रखुट्टे र सामुदायिक प्रहरी सेवा केन्द्र, ठमेलको आयोजनामा ​​उक्त कार्यक्रम शुरु भएको हो । कार्यक्रमको अध्यक्षता रेहडन एजुकेशन फाउन्डेसनका डा। हिमलाल घिमिरे ले गरेका थिए ।

कार्यक्रममा प्रहरी निरीक्षक अमृतबहादुर बस्नेत, प्रहरी निरीक्षक सरला गिरी, सामुदायिक सेवा केन्द्र, ठमेलका अध्यक्ष रामबहादुर रम्बा रजकको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले साइबर क्रमइम र लागू औषधको र्दुव्यसर्नीबाट कसरी बच्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए । उनीहरुले साइबर क्राइम र लागू औषध सम्बन्धी कानुनी कारबाहीका बारेमा पनि एसपी मैनालीसंग जिज्ञासा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here