“रामायण सर्किट”मा नेपाल-भारत सहमत

0
217

नयाँ दिल्ली ।

नेपाल र भारत रामायण सर्किटमा छिटो प्रगति गर्न सहमत भएकाे परराष्ट्र मन्त्रालयले घोषणा गरेको छ।

रामायण सर्किटमा भारत र नेपालका प्रमुख तीर्थस्थलहरू समावेश छन् जुन रामायणसँग सम्बन्धित छन्, जस्तै अयोध्या जहाँ भगवान रामको लागि मन्दिर निर्माण भइरहेको छ र जनकपुर (नेपालमा) जुन सीताको जन्मस्थान मानिन्छ।

नेपालका परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय अधिकारीबीच भएको भेटमा रामायण सर्किटलाई छिटाे समपन्न गराउने निर्णय भएको हो । दुई दिने भारत भ्रमणमा रहेका परराष्ट्र सचिव पौडेलले भारतीय समकक्षी विनय मोहन क्वात्रासँग छलफल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here