झापामा लागूऔषध सहित दुई जना पक्राउ

0
218

झापा ।

झापाको मेचीनगर नगरपालिका–१३ र ६ बाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१३ फुलबासा चौक बस्ने ४३ बर्षीया भारती राजबंशीको घरबाट १२ ग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, नेपाली रुपैया ३ लाख ५३ हजार ५ सय सहित बरामद गरेको हो ।

यसैगरी मेचीनगर–६ मा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक नगरपालिका–१ का २१ बर्षीय मनोज कुमाललाई शंकालागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ३० ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिबन्धित लागूऔषध र नगद बरामद भए सगै दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here