पथरीशनिश्चरे,

संविधान दिवसको अवसरमा विराटनगर- १५ रानी भन्सार कार्यालयदेखि वडा नं १० कोशी लोकमार्गको सडकबिच डिभाईडरमा बृक्षारोपण गरिएको छ।
आज सोमबार १ नं प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा १ नं. प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो।
कार्यक्रममा १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक सुदिप गिरी , १ नं. प्रदेश प्रहरी तालिम केन्द्र रानी, १ नं. प्रदेश प्रहरीगण रानी, जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ समेतमा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थितिमा बृहत वृक्षारोपण कार्यक्रम भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।































