सहकारी संचालकहरुलाई क्षमता अभिवृद्धि तालिम

0
186

पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरपालिका कार्यालयको नियमन क्षेत्रधिकारभित्र रहेका सहकारी संचालकहरुलाई २ दिवसीय क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा पथरीशनिश्चरे नगरको नियमक निकाय भित्र २८ वटा सहकारी सञ्चालकहरुको सहभागिता रहेको थियो । नगरपालिका भित्र अहिले ३८ वटा सहकारी संस्थाहरू दर्ता भएका छन्।

जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव एकराज निरौलाले सहजीकरण गरेको कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका कार्यालयको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले कार्यक्रमको व्यवस्थापन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here