आगलागी तथा मृगौला पीडितलाई आर्थिक सहायता

0
153

पथरीशनिश्चरे,

मोरङको सुनवर्षी गाउँपालिकाका दुई आगलागी पीडितलाई पूर्व वडाध्यक्ष प्रताप तामाङले आफ्नो जन्म दिवसकाे पावन अवसरमा आर्थिक सहयोग गरेका छन्।

पूर्व वडाध्यक्ष समेत रहनुभएका प्रताप तामाङले सुनवर्षी-१ का अतिविपन्न आगलागी पीडित केदार बेघा र वडा नं ५ का स्माईल मियालाई जनही ५१ हजार रुपैयाँको दरले आर्थिक सहयोग उपलब्ध गराएका हुन्।

सुनवर्षी-२ को पुर्व वडाध्यक्ष तामाङ नेपाली कांग्रेसका स्थानीय नेताको रूपमा निकै परिचित हुनुहुन्छ ।वडा नं १ स्थित पिपल चोकमा बस्दै आएका बेघाको घर अर्थिक विपन्नताको कारण ओत लाग्ने ठाउँ नभएपछि आर्थिक सहयोग उपलब्ध गराएको पूर्व वडाध्यक्ष तामाङले बताएका छन्।

गत असार ०९ गते बेघा परिवारको घर जलेको थियो। आर्थिक अवस्था कमजोर भएर पुनः घर बनाउन नसकेपछि आर्थिक सहयोग प्रदान गरेको यूवा नेता तामाङले जनाएका छन् भने अति नै विपन्न मियाको पारिवारिक अवस्था कमजोर भएको कारण मनकारी एवम् दानवीर तामाङले आर्थिक सहयोग प्रदान गरेको बताउनुभयो।

यसैगरी, निवर्तमान वडाध्यक्ष तामाङले नोबेल हस्पीटल विराटनगरमा उपचार भइरहेका वडा नं २ का दिल कुमारी राजवंशीलाई आर्थिक सहयोग प्रदान गरेका छन्। उहाँले मृगौला फेल भएपछि हाल नोबेलमै उपचाररत मिर्गौला पीडित राजवंशीको परिवारका सदस्यलाई २५ हजार रुपैयाँ बराबरको सहयोग प्रदान गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here