अग्रवाल परिवारमा शोक

0
377

झापा, बिर्तामोडका युवा व्यवसायी कृष्ण अग्रवाललाई पितृ शोक परेको छ ।
अग्रवालका बुवा पवनकुमार अग्रवालको ६२ वर्षको उमेरमा विहीवार राति निधन भएको हो ।
शनिश्चरेका पुराना बासिन्दा एवम् प्रतिष्ठित व्यवसायी श्रीराम प्लाई एण्ड डेकोरका सञ्चालक, स्व. रंगलाल अग्रवालका माइला छोरा हुन् पवनकुमार ।
लामो समयदेखि बिर्तामोडस्थित शनिश्चरे रोडमा व्यवसााय सञ्चालन गर्दै आएका अग्रवालका श्रीमती दुर्गा अग्रवाल रहेकी छिन् । उनका छोरा कृष्ण मारवाडी युवा मञ्चमा आवद्ध छन् भने विभिन्न सामाजिक संघ संस्थामा रहेर सामाजिक कार्य गर्दै आएका छन् । उनी राप्रपा निकट प्रजातान्त्रिक युवा संगठनका जिल्ला स्तरीय नेता हुन् । स्व. अग्रवालका तीन छोरी रहेका छन् । उनका तीन छोरीहरुमा राधा,ज्योति र प्रिति अग्रवाल रहेका छन् । तीन छोरी मध्ये ज्योति कृषि विकास बैंक धुलावारीमा कार्यरत रहेकी छिन् ।
यसैबीच पवनकुमारको निधन प्रति मारवाडी सेवा समिति बिर्तामोडले दुःख व्यक्त गरेको छ । समितिका अध्यक्ष मोहन मित्तल र सचिव दिपक मित्तलले शोक विज्ञप्ति जारी गर्दै मारवाडी सेवा समितिका सदस्यको निधन प्रति श्रद्धाञ्जलि अपर्ण गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here