मैले जानेका मोहन जोशी

0
359


वि. सं. २०३० साल भदैं ५ गते जिल्ला शिक्षा कार्यालय भद्रपुरबाट अस्थायी मा वि शिक्षकमा नियुक्त भएर म शनिस्चरे मा. वि. मा आए“ । त्यो बेला शनिश्चरे मा. वि. मा प्र. अ. मोहन जोशी थिए । मैले उनका हातमा शनिश्चरे हाइस्कुलको कार्यालयमा नियुक्ति पत्र दिंए । उनले निकै बेर हेरे पछि भूगोल पढाउन सक्छौ ? भनेर सोधे । मैले ‘सक्छु’ भनेर जवाफ दिंए । त्यसपछि उनले दशौं कक्षाको भुगोल विषय मलाई पढाउन लाएर उनी कक्षाको पछाडि पट्टि गएर बसे । मैले नेपालको प्राकृतिक स्वरुपको बारेमा सचित्र बर्णन गरेर पढाए“ । कक्षा समाप्त भएपछि उनले ‘राम्रो’ भनेर मेरो प्रशंशा गरे र उनले शिक्षक हाजिरी कापीमा मलाई हाजिर गराए । म हाजिर भएको केहि दिनपछि भद्रबहादुर रोक्का पनि श. मा.वि.मा अंग्रेजी शिक्षकमा अस्थायी नियुक्ति पत्र लिएर आए । उनी पनि अंग्रेजी पढाउन थाले ।

हामी पाराखोपीको दाताराम खनाल र राम प्रसाद खनालको घरमा डेरा लिएर बस्थ्यौं । गुणानन्द झा र अनिल प्रसाद मण्डल पनि त्यहि टोलमा बस्दथे । प्र अ मोहन जोशीको घर पनि त्यहि“ नजिकै थियो । उनी अनुकुल चन्द्र ठाकुरको सत्स¨मा दीक्षित भएका रहेछन् । उनले हामीलाई पनि दीक्षित गराउन पटक पटक सत्स¨मा बोलाउनु भयो । त्यसमा हामीलाई सदस्य हुन उनले पटक पटक भने सम्झाए, इष्टबृतिको कुरो गरे तर मैले मानिन । मैले उनलाई हासेरै भने हाम्रा सनातन बैदिक धर्ममा तेत्तीसकोटी देवी—देवताहरु छन् । सरले ठाकुर बाबाले अपनाउनुभएको श्री कृष्ण भगवानलाई अपनाउनुभएको छ । त्यो राम्रो पक्ष हो । यसरी मैले भन्दा उनी त“ सित सकिदैंन भनेर हा“स्थे । तर उनले त्यो धर्ममा थुप्रै अनुयायी बनाए । उनकै पहलमा अर्जुनधाराको बैशाबाडीमा ठाकुरको सत्स¨ भवन पनि बनाए । यी सबै कुरा भनेर मैले मोहन जोशी एक सच्चा सनातन धर्मका अनुन्यायी थिए भन्न खोजेको हु“ ।

म र भद्र बहादुर रोक्का नियमित रुपबाट स्कुलमा अध्यापन कार्य गरिरहेकै थियौं । त्यसै विचमा झापा जिल्ला शिक्षा समितिले अस्थायी शिक्षकहरुको अन्र्तवार्ता लियो । हामी पास भयौं । तर परीक्षणकालको नियूक्ति थियो । अरु शिक्षकहरुलाई ६ महिने परीक्षण काल हुन्थ्यो । तर हामीलाई दुई बर्षे परीक्षण काल गरियो । हामीले प्र अ सित गुनासो ग¥यौं । उनले तिमीहरुलाई कम्युनिष्ट भनेर दुई बर्षे परिक्षणकालमा राखेको हो । तर पीर नमान । म जिल्ला शिक्षा अधिकारीसित कुरा गरेर तिमीहरुको स्थायी नियुक्ति पत्र ल्याउ“छु भने । नभन्दै त्यसको दुई—तीन दिन पछि म सरोज कुमार ओली र भद्र बहादुर रोक्काको परिक्षण काल सकिएको पत्र जिल्ला शिक्षा समितिबाट ल्याए । उनले सिडिओलाई उनीहरु कम्यूनिष्ट भएपनि ब्यवस्था विरोधी होइनन् । यसको जिम्मा म लिन्छु भनी कागज गरेर तिमीहरुको स्थायी नियूक्ति ल्याएको भने । हामी खुशीले गदगद भयौं । यसको केहि समय पछि भद्र बहादुर रोक्का शिवगञ्ज मा वि मा सरुवा भए । म यहि श मा वि मा स्थायी शिक्षक भएर रहें । उनीसितको लामो संगतबाट मैले उनीबारे थुप्रै कुरा जान्न पाए“ ।

मोहन जोशीको जन्म वि.सं. १९९३ साउन २८ गते पश्चिमाञ्चल स्याङ्जा फोक्सिङ गा“उ बर्तमान पोखरी गा वि स वडा नम्बर ७ गाउ“ फोक्सिङ पोखरामा पिता स्व. हिमलाल जोशी एवं माता स्व. भुवनेश्वरी जोशीका पाचौं सन्तानको रुपमा भएको थियो । उनका पिता ब्रिटिस इन्डियाकै पालामा तत्कालिन आसामको शिला¨ मा जागिरे थिए । त्यसकारण मोहन जोशीका सबै परिवार आसामको शिलाङमै बस्दथे । त्यसो हु“दा मोहन जोशीको शिक्षा दिक्षा सिलाङमै भयो । उनको प्राथमिक शिक्षा शिलाङ जिल्ला खासी जयन्ता पहाड आसाममा हाल मेघालय राज्यको गोर्खा पाठशाला मिडिल इङ्लिस स्कुलमा शुरु भई ६ कक्षा पास गरे । त्यसपछि शिलाङ गभर्मेन्ट हाई स्कुलमा भर्ना भए । सन १९५६ मा उनले म्याट्रिक पास गरे । त्यसपछि शिला¨ कलेजबाट आइ. ए. र वि. ए पास गरे । त्यहिबेला एन. सि. सि तालिम पनि लिए । त्यसपछि वि.टि. पनि पास गरे । पढाई सकेपछि उनी गोर्खा पाठशाला मिडिल स्कुलमा अध्यापन गर्न थाले । तर त्यहा“ उनलाई के भएर हो मन परेन । वि. सं. २०२३ मा नेपालको झापा जिल्ला अन्र्तगत शनिश्चरे हाईस्कुलमा उनी शिक्षक भएर अध्यापन गर्न थाले । त्यो बेला त्यस स्कुलमा केदार मणी ढकाल प्र अ थिए ।
यही समयमा विक्रमसंवत २०२५÷२६ तिर शनिश्चरेमा लक्ष्मी महाविद्यालय खुल्यो । त्यसको प्राचार्य भएर पनि काम गरे । तर त्यो महाविद्यालय खुल्यो पनि बन्द भयो पनि । मोहन जोशीको जिबनमा धेरै उतारचढाव आएको पाइन्छ । उनी साधारण शिक्षकको काम गर्दै थिए । नेपालको झापा जिल्लामा बिक्रम सम्बत २०२९ सालमा नया“ शिक्षा पद्धतिको योजना लागू भयो । योजनाअनुसार तत्कालीन प्रधानाध्यापक केदारमणि ढकालले राजीनामा दिएर सक्रिय राजनीतिमा लागे । त्यसपछि शनिश्चरे हाइस्कुलमा प्रधानाध्यापक पदमा मोहन जोशी नियुक्त भएका रहेछन् । त्यही बेलामा मेरो मोहन जोशीस“ग भेट भएको हो ।

मोहन जोशी प्रधानाध्यापक भएको बेलामा विर्तामोड उत्तरमा एउटै मात्र मा.वि शनिश्चरे थियो । जयपुर ,खुदुनावारी, कालीस्थान, सालबारी, फुलवारी आदी स्थानका विद्यार्थीहरु सबै शनिश्चरे मावि मै माध्यमिक शिक्षा लिन आउँथे । विद्यार्थीहरूको ठूलो चाप शनिश्चरे माध्यमिक विद्यालयमा परेको थियो । त्यसो हु“दा मोहन जोशीले खुदुनावारी र जयपुरलाई आठौ कक्षा चलाउन स्वीकृतिका लागि जिल्ला शिक्षा कार्यालयमा सिफारिस दिए । पछि ती दुबै विद्यालय माध्यमिक विद्यालय बने । त्यस्तै गरेर कालिस्थान र सालबारी महारानीगञ्ज स्कुललाई पनि माविको लागि सिफारिस दिए । यसले उनको शिक्षा प्रेम झल्किन्छ ।

मोहन जोशीले स्थानीय बालबालिकाले सजिलै शिक्षा हासिल गरुन भनेर सालबारी स्कुल र कालीस्थान स्कुलमा चल्दै गरेका र स्वीकृत नभएका विद्यालयमा पढ्ने ८,९, र १० कक्षाका विद्यार्थीहरुलाई शनिश्चरे माध्यमिक विद्यालय कै विद्यार्थीहरु भनेर परीक्षामा सामेल समेत गराए । प्रारम्भमा त्यसो भए तापनि पछि ती स्कूलहरूले स्थायी स्वीकृति पाए । सुरुमा महारानीगञ्ज सालबारिमा हस्त परियार प्रा.वि. प्र अ थिए । त्यो बेला पनि मोहन जोशीले स्कुल स्थापनामा स्थानीयलाई सहयोग गरे । पछि त्यो स्कूललाई मावि बनाउने बेला बच्चेलाल चौधरी प्रधानाध्यापक थिए । उनलाई पनि सहयोग गरे । जिल्ला शिक्षा समिति सदस्य भएको बेला उनले यस्ता थुप्रै उदाहरणीय काम गरेका छन् । यस क्षेत्रमा थुप्रै प्रधानाध्यापकहरु थिए । तर जिल्लाभरमा नाम चलेका हेड सरमा उनी एक नम्बरमा पर्दथे । यस भेगका सबैले उनलाई हेड सर भन्थे ।
मोहन जोशीमा असल गुणी शिक्षकहरु छान्ने क्षमता थियो । त्यही भएर उनले मलाई र भद्र रोकालाई शनिश्चरेमा मा वि मा स्थायी गराए । संगीतको क्षेत्रको विकासका लागि माहारानीगञ्ज सालबारी स्कुलबाट हस्त परियार सरलाई ल्याए ।, त्यसले गर्दा शनिश्चरे मा बि मा सांस्कृतिक कार्यक्रम उच्चकोटिको हुनथाल्यो । पूर्वाञ्चल क्षेत्रमै शनिश्चरे माध्यमिक विद्यालयको नाम उज्ज्वल भयो । त्यस्तै साहित्यको क्षेत्रमा विकास गर्न रोहिणी विलास लुईंटेल, मदन ढकाल आदिलाई स्कुलमा ल्याए । केही समय निस्किएर बन्द भएको शनिश्चरे माध्यमिक विद्यालयको मुख पत्र उषा निकाल्न प्रमुख भूमिका निभाए । प्रत्येक शुक्रबार साहित्यिक र सांस्कृतिक कार्यक्रम हुन्थ्यो । त्यस्तै खेलकुद, पि टि आदि उनको निर्देशनमै भइरहन्थ्यो । जसको फलस्वरुप कृष्ण धारावासी, सञ्जीव उप्रेती, कुमार भट्टराई, कृष्ण बराल, भीष्म उप्रेती ,पुण्य बराल, टङ्क उप्रेती, नारायण ओली जस्ता साहित्यकारहरु नेपाली साहित्यको उच्च स्थानमा पुगेका छन् ।

त्यस्तै खेलकुदको क्षेत्रमा भगिरथ आले ‘मामा’ जस्ता राष्ट्रिय खेलाडी पनि यसै स्कुलका उपज हुन् । राजनितिक क्षेत्रमा उद्धव थापा, हरी राना, पे्रम बहादुर गिरी आदि पनि यसै शनिश्चरे मा. वि.को उपज हुन् । यस्ता यस्ता राष्ट्रिय प्रतिभाहरु उठाउन सक्ने स्थान प्रधानाध्यापक मोहन जोशीकै सक्रियतामा शनिश्चरे मा. बि.मा भएको हो । साहित्यतर्फ शिवप्रसाद दाहाल, सरोज ओली, राहिणी विलास लुईंटेल, मदन ढकाल र केहि समय पछि कृष्ण धारावासी आदि थियौं भने सांस्कृतिक क्षेत्रमा हस्त परियार, गोमादेवी जोशी, बिन्दा विष्ट, सुशिला सुबेदी, छत्रमणि ढकाल, मदन सर आदिको प्रमुख भूमिका रहन्थ्यो । प्रधानाध्यापक मोहन जोशी को कार्यकालमा शनिश्चरे माध्यमिक विद्यालयका छात्रछात्राहरुको चौतर्फी विकास भएको थियो ।

उनकै पालामा एसएलसीमा विद्यार्थीहरु प्रथम श्रेणीमा उत्तीर्ण हुन थाले । पढाइको स्तर एकदमै उच्च थियो । उनको पालामा एसएलसीमा २०० देखि ३०० संख्या सम्म विद्यार्थीहरु उपस्थित भएर परीक्षादिन थाले । उनकै पालामा धेरै विद्यार्थीहरु पास हुन्थे । एसएलसीको पूर्व रेकर्ड हेर्दा उनको पालामा ८५ प्रतिशत विद्यार्थीहरु पास भएको पाइन्छ । यसरी उनको कार्यकालमा शनिश्चरे माध्यमिक विद्यालयको चौतर्फी विकास शुरु भएको थियो । यसको मुखपत्र उषा छैठौं अङ्क सम्म उनैको पालामा निस्क्यो ।

नया शिक्षा पद्धतिको योजना लागु भएको बेलामा शिक्षकहरूको बेतन नियमित भएपनि संचयकोष र पेन्सनको व्यवस्था थिएन । यसको लागि पञ्चायतकालमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेलामा दुई महिनासम्म देशव्यापी रुपमा शैक्षिक हडताल शिक्षकहरुले ग¥यौं । राष्ट्रिय शिक्षक संगठनको पहलमा भएको शिक्षक आन्दोलनमा झापा जिल्लामा कालिप्रसाद पोखरेल, यज्ञराज पर्साई, लोकनाथ निरौला, मोहन जोशी, दीनानाथ शर्मा, प्रमोद शर्मा, कृष्णप्रसाद सिवाकोटी आदिको प्रमुख भूमिका रहेको थियो । जिल्लामा अञ्चलाधिस, सि. डि. ओ. एस. एस. पी. आदि वरिष्ठहरूको सभामा मोहन जोशीले निडरताका साथ “तपाईहरु सरकारी कर्मचारीले सञ्चयकोष, पेन्सनको सुविधा पाउनुहुन्छ । हामी देशका कर्णाधार बनाउने शिक्षकहरुले तिनै कुरा माग्दा किन सरकार दिन चाहदैन ? हामीलाई पनि निजामती सेवा का कर्मचारी सरह सुविधा चाहिन्छ ।” भन्दा उपस्थित सबै सरकारी व्यक्तिहरुले नाजवाफ भएका थिए । त्यो आन्दोलनको उपलब्धि देशभरका शिक्षकहरूको सञ्चयकोषको व्यवस्था भयो । पछि पछिका प्रत्येक आन्दोलनबाट पेन्सन र बिरामी बिदाको रकमको व्यवस्था भयो । औषधोपचारको पनि व्यवस्था भयो । यी सुबिधाहरु प्राप्त गर्नमा कहि न कही मोहन जोशीको भूमिकाले पनि काम गरेको छ

मोहन जोशी प्रधानाध्यापक र हामी सहायक शिक्षक रहेर शनिश्चर मा वि मा ३३÷३४ वर्ष सगंै काम गरियो । यो लामो अवधिमा धेरै तीता मीठा कुरा भए, घटना घटे । ती सबै अहिले चलचित्रका रिल झैं मेरा मनमा आइरहेका छन् । हाम्रा स्कुलमा मोहन सिवाकोटी, गुणानन्द झा जस्ता पुराना शिक्षकहरु थिए । त्यसमा पनि गुणानन्द झास“ग बेलाबेलामा जोशी सरको टक्कर पर्दथ्यो । कारण झा सर जहिले पनि ढिलो गरेर स्कुल आउने । त्यसमा उनको भित्री आशय ‘आफू जोशी भन्दा सिनियर हु“’ भन्ने थियो । उनी सिनियर पनि थिए तर उनी प्रधानाध्यापक थिएनन् । त्यसैले जाशी सरलाई कुनै न कुनै कुराबाट अटेर गर्दथे । तर जोशी सर प्रशासनिक हतकण्डा प्रयोग गर्थे । एक दिन कार्यालयमा त्यस्तै घटना घट्यो । झा सर ढिलो आएर प्रधानाध्यापकको टेबलमा राखिएको रजिस्टरमा हाजिर गर्न खोज्दै थिए । जोशी सर कर्किएर ‘तपाईं सधैं ढिलो आएर १० बजे लेखेर सहि गर्ने ? यस्तो हुदैन’ भने । त्यो दिन के भएर हो हामी सबै शिक्षकहरु अफिसमै थियौं । झा सरले मुखमा अगाडी पट्टि कृतिम दा“त लगाएका थिए । अचानक दा“त प्रधानाध्यापकका टेबलमुनि खसेछन् । उनी कराउदै द“ात टिप्न खोज्दा रहेछन् । हामीले ठान्यौं टेबलमुनि ढुङ्गो रहेछ र त्यसले प्रधानाध्यापकलाई कुट्न खोज्दै छन् । त्यसमा डराएर छुट्याउन डिल्लीराम दाहाल गए । भरे बुज्दा त कुरो थाहा पाएर कार्यालय गलल्ल हासोले भरीयो । झा सर जोशी सरलाई भन्ने गर्थे “यहा नहुने कामलाई ज्यादा जोड दिने गरिन्छ र हुने कामलाई वास्ता गरिदैन । मलाई ढिलो आएकोमा चर्चा गरिन्छ तर मैले राम्रो पढाएकोमा वास्ता गरिदैन ।” यस्ता राम्रा नराम्रा थुप्रै घटनाहरू छन् मोहन जोशी सग सम्बन्धित ।

अर्जुनधारा धामको उत्थानमा पनि उनको महत्वपूर्ण स्थान छ । अर्जुनधारा धाम बनेको स्थानमा प्रारम्भमा ठूलो झाडी थियो । त्यो झाडी सफा गरेर पोखरी सफा गर्न स्व. दुर्गा प्र खरेलको आवहनमा झाडी सफा गर्न शनिश्चरे माध्यमिक विद्यालयका विद्यार्थीहरु लगेर सफा गर्न लगाए । त्यसपछि यसको धार्मिक विकास हुन थाल्यो । त्यो बेला शनिश्चरे माध्यमिक विद्यालय चलाउने आर्थिक संकलन गर्न मेला लाग्दथ्यो । त्यो मेलाबाट उठेको रकम केही शनिश्चरे माध्यमिक विद्यालयका शिक्षकहरूको बेतनमा खर्च हुन्थ्यो र केहि रकम अर्जुनधारा शिवालयमा दैनिक पूजा गर्नमा खर्चिन्थ्यो । त्यो नय“ा शिक्षा पद्धतिको योजना लागू भएपछि प्रधानाध्यापक मोहन जोशीले मेलाबाट उठेको रकम सबै अर्जुनधारा धाममा खर्च गर्न भने । त्यसले गर्दा धाम सञ्चालनमा केही राहत मिल्यो । यतिमात्र होइन धामको उत्थानका लागि प्रवचन गर्ने भजन कीर्तन गर्ने काममा उनको सक्रिय सहयोग रहन्थ्यो । त्यस्तै गा“उमा हुने विवाह, व्रतबन्ध, पूजापाठ, पुराण, मरुमराउ सबै ठ“ाउमा उनको उपस्थिति रहन्थ्यो । यसो भन्दा उपयुक्त होला “मोहन जोशी एक शैक्षिक धार्मिक एवं सामाजिक ब्यक्तित्व थिए ।”

लामो समयसम्म एउटै भान्सामा बसेर खाए जस्तै एउटै भा“डाको दानापानी खाएर बसेपछि आत्मीयता बढ्ने रहेछ । त्यस्तै मसित पनि मोहन जोशीको आत्मीयता बढ्न गयो । म र मेरो परिवार समेत मेरा दाजुहरु र बुवा आमा समेत सबैमा उनी घुलमिल भएका थिए । हाम्रा बुवा रामभक्त थिए । उनी बिरामी परेर धुलाबारी दाइहरुका घरमा बस्दथे । उनी साह्रै बिरामीको खबर सुनेर मैले जोशी सरलाई भने । उनले चिनेका सिलगढीका डाक्टर मणी कुमार शर्मा मधुमेह रोग विशेषज्ञ बिर्तामोडमा आएको बेला बुबालाई हेर्न उनकै पहलमा धुलाबारी निन्दा पारी दाइहरुका घरमा लगियो । डाक्टरले राम्रै जा“चे । त्यतिमात्र होइन राम चरित मानसका क्यासेटहरु र क्यासेट प्लेयर पनि उनी आफैले लिएर गए । बुबालाई सुनाए । उनी हाम्रा बुबालाई आºनै बुवा सरह मान्थे, ठान्थे ।

यता मलाई शनिश्चरेमा स्थायीरुपबाट बसाउने कुरामा पनि उनको ठूलो भूमिका छ । अहिले म बसिरहेको तुतबारीको घरबासको जग्गा किन्न उनको ठूलो मानसिक, भौतिक सहयोग रहन गएको छ । घर बनाउदा काठ बोक्ने देखि अन्य सबै भौतिक सुविधा जुटाउन पनि उनको ठूलो भूमिका रहेको छ । मेरा जहानलाई दुलही भनेर चिया पकाउन लगाउथे । छोराहरु र छोरीलाई साह्ै प्रेम गर्थे । माओवादी द्वन्द्वका बेला हाम्रो सानो छोरा शार्दुललाई ठूलो सहयोग गरेर आतंकबाट बचाए । हाम्रोमा हुने सानाठूला जुनसुकै कार्यमा पनि उनी सरीक हुन्थे ।

मोहन जोशीको बिवाह सन् १९५९ मा पद्मा देवी प्रसाईं जोशी सित भएको रहेछ । उनीहरुका दुई छोरा सुबास र कुन्दन, दुई छोरी प्रतिभा र प्रीति गरी चार सन्तान छन् । तिनीहरु र मेरा छोराछोरीहरुमा विना भेदभाव उनी व्यवहार गर्थे । ‘यो मेरो, यो तेरो भन्ने कुरा सानो चित्त भएका मान्छेले मात्र गर्छन’ भन्ने आदर्शवाणी जस्तै उनको व्यवहार थियो । मसित मात्र नभएर हाम्रो स्कुलका समस्त शिक्षक शिक्षिका र विद्यार्थीहरूमा उनको यहि मिलनसार व्यवहार थियो ।

म शनिश्चरे मा वि बाट निवृत्त हुनु भन्दा ३ वर्ष पहिले उनी प्रधानाध्यापकबाट निवृत्त भए । हामीलाई एक असल शिक्षाप्रेमी शैक्षिक ब्यक्तित्व आºनु प्रधानाध्यापक बिदा हुद“ा दुःख लाग्यो । गहभरी आशु पारेर उनका गला भरी फूलका माला लगाएर गाडीमा चढाएर उनलाई उनको घर पाराखोपी नमस्ते टोलमा पुर्याइयो । उनले उनको विदाई भाषणमा पनि हामीलाई भावुक बनाए । यसरी झापाको शनिश्चरेमा अभिछिन्न ३० वर्ष शिक्षा सेवा गरेर उनी निबृत्त भए ।

मोहन जोशी प्रधानाध्यापकबाट निवृत्त भएपछि पनि शनिस्चरे माध्यमिक विद्यालय छोडेनन् । त्यसपछि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर त्यसको अभिभावक भएर सेवा गरे । उनले शनिश्चरे मा. वि. का फिडर स्कुलहरु महारानीगञ्ज सालबारी मा वि कालिस्थान मा वि खुदुनावारी मा वि जयपुरमा मा. वि. फूलबारी मा वि मा हेर विचार पुर्याइरहे ।

सालबारी माध्यमिक विद्यालय मा. वि. मा त बच्चेलाल सर सित बराबर गईरहन्थे । उनको विशेष त्यह“ाका पूर्वशिक्षक हस्त परियार, बच्चे लाल चौधरी, अनु चम्लागाईं आदि सित मित्रवत् व्यवहार थियो । श मा वि यस क्षेत्रको स्रोतकेन्द्र थियो । स्रोतकेन्द्रको प्रधानाध्यापकको भूमिका राम्ररी निर्वाह गरेका थिए । सो केन्द्रको प्रधानाध्यापक तथा सञ्चालक समितिको अध्यक्षको नाताले उनले निर्वाह गर्ने काम पूर्ण रुपले गरेकै कारणले उनलो मलेसिया थाइल्याण्ड आदि देशका शिक्षा पद्धतिको बारेमा नेपाल सरकारको अध्ययन टोलीमा जाने मौका पनि पाए । मोहन जोशीका धेरै धार्मिक चेला—चेलि भएकाले उनी जयगुरु भन्दै सत्स¨मा जाने गर्थे । उनका धार्मिक अनुयायीहरु राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा समेत फैलिएका छन् । धार्मिक व्यक्तिहरुबाट उनीप्रति श्रद्धाभाव दर्साएका टेलिफोनहरु बराबर आइरहन्थे । मोहन जोशीको पान खाने आदत थियो । उनी दिनमा २०/३० खिल्ली जर्दा पान खान्थे । उनका घरमा चुनका बट्टा र पानका पत्ता सधैं रहन्थे । उनी सुर्ति चुना मिलाएर नित्य खैनी खान्थे । उनकी आमाले धेरै पटक सम्झाउदा पनि उनले पान खान छाडेनन् । उनी शाकाहारी थिए । उनी मासंहारी व्यक्तिहरुलाई घृणा गर्दैनथे । ‘तर नखानु राम्रो हो’ भन्ने सल्लाह दिन्थे । उनी एक अशल संस्कारी ब्यक्ति थिए । उनले आफूभन्दा ठूलाको सदैब आदर सत्कार गर्थे । आफूभन्दा सानालाई पनि कहिले पनि होच्याएर बोल्दैनथे प्रेम गर्थे । उनी हा“सी मजाक पनि गर्थे । उनको भतिजीको शनिश्चरेमा जयप्रकाश ढकालसित विवाहभएको थियो । त्यसले गर्दा शनिश्चरेमा ढकाल परिवारसित उनको राम्रो सम्बन्ध थियो । त्यस्तै यहा“का शिवाकोटी परिवार, बुढाथोकी परिवार, ब“ास्तोला परिवार सबैसित उनको सुमधुर सम्बन्ध थियो ।

शिक्षण पेशाबाट निबृत्त भएपनि उनले शनिश्चरे बजार छोडेनन् । पाराखोपीको सानो टिनको छानो भएको भुईं घरमा आºनो परिवारका साथ धार्मिक किताबहरू पढेर बस्थे । छोराछोरीहरुको विहे दान गरिसकेका थिए । सधैंभरि सफा, सेता लुगा र पालिस लगाएका टलक्क टल्कने काला जुत्ता लगाएर मोटरसाइकलमा शनिश्चरे बजार क्षेत्रमा घुम्थे । भेट भएका सबैलाई मान अनुसार अभिबादन गरेर कुशल मंगल सोध्थें । देख्दा सधै ह“समुख देखिन्थे । मोहन जोशीलाई साधारण दमको रोग थियो ।

हिउ“द हिउ“दमा उनी साधारण उपचार गराउ“थे । यसैबीच उनलाई फोक्सोको टि. वि. भएछ । महाराजगञ्ज शिक्षण अस्पतालमा टि. वि. रोग विशेषज्ञद्वारा उपचार गराइएछ । हामीलाई पहिला थाहा भएन । पछि थाहा पाउ“दा उनका कान्छा छोरा कुन्दनले उनीसित राखेर टि. बी. को ओखती गराएछन् । तर पार नलागेर साह्रै भएछन । अचानक समाजसेवी तथा धार्मिक ब्यक्तित्व नारद कोइरालाले थाहा पाएर सिलगढी भारतको न्युटिया अस्पतालमा भर्ना गराएछन् । त्यसपछि हामीले पनि थाहा पायौं । म र मेरो छोरा नीरज उक्त अस्पतालमा पुग्यौं । तर कसैलाई विरामी हेर्न नदिने त्यो अस्पतालको नियम रहेछ । धेरै कोशिष गर्दा म एक जना सम्मलाई ५ मिनेट हेर्न दिए । मैले हेर्दा उनी नबोलीकन ओछ्यानमा सुतिरहेका थिए । उनले टोलाएर मलाई हेरे जस्तो गरे तर केही बोलेनन् । मैले हात छामें, निधार छामें, ज्वरो आएको थिएन । नबोलाउनु भनेकाले मैले बोलाइन र निराश भएर त्यो कोठाबाट निस्किए । धेरै उनका शुभचिन्तकहरुले मलाई धेरै सोधे कस्तो रहेछ बिरामीलाई ? राम्रै रहेछ भनेर जवाफ दिन्थे । त्यहा“ केही दिन राखेर घरमा ल्याएछन् । हामी हेर्न गयौं राम्रैसित बोले । भुटेका फुल मकै भए खान्छु भने हाम्रा छोरा शार्दूलले तुरुन्त फुल उठ्ने मकै ल्याए । गुरुआमाले मकै थालभरी भुटेर ल्याएर दिइन् । उनले हा“स्दै केही खाए । खानामा छुद्दे छैन भने । त्यसको एक दिन पछि हामी फेरी हेर्न गयौ मलाई जाडो भयो भित्र लगाउने गरम कपडा ल्याउ“न भने । हाम्रा छोरा सार्दूलले तुरुन्त भित्री कपडा किनेर ल्याए । उनले खुशी हु“दै लाए र भने, “यसले न्यानो पार्छ ।”

यसरी मोहन जोशी एकप्रकारले मृत्यु शैया मै थिए । तर उनलाई हेर्न आएका इष्टमित्रस“ग पहिलाझैं बोल्न खोज्थे तर सक्दैनथे । उनका श्रीमती पदमा छोरा सुभाष छेउमा बसेर उनको गोडा हात सुम्सुम्याउ“दै रहेका हुन्थे । हेर्ने मानिसहरूको भीड थियो । हिउ“दको महिना हुनाले उनलाई आगनमा सुताएर हिउदे घाम तपाईंदै थियो । मेरा परिवार दिनहु“ आलोपालो उनलाई हेर्न गईरह्यौं । एकदिन उनी भित्रै ओछ्यानमा सुतिरहेका थिए । मैले कुरै कुरामा भने ‘सरलाई फोक्सोको क्यान्सर पनि भयो कि क्या हो’ भने । उनले झर्किदै म तिर हेरेर “तैं जान” मात्र भने । उनको शरीरको रगत सकिंदै गएको थियो । पहिलेको त्यस्तो रातोपिरो अनुहारको रङ उडेर फुस्रिएको थियो । रगत सुकेर फुस्रो भएको देखिन्थ्यो । उनका परिवारले पटक–पटक भद्रपुरको शाही पाथिभरा अस्पतालमा लादैं रगत लगाउ“दै ल्याउ“दै गरे । तर समयसीत कसैको केही लागेन अन्त्यमा वि.सं. २०७० साल माघ महिनाको १८ गते उनको चोला उठ्यो ।

उनकी श्रीमती पदमा छोराहरु सुबास, कुन्दन, लगायत उपस्थित सबै रोए । यसरी एक शिक्षासेवी, धर्मप्रेमी, सामाजिक व्यक्तित्वको चोला उठ्यो । पोखराको हयान्जामा जन्मेर भारतको सिलोङमा शिक्षा आर्जन गरेर नेपालको झापा जिल्ला शनिश्चरे माध्यमिक विद्यालयमा लगातार ३५ बर्ष शिक्षा दान गर्ने गुरुको इहलीला समाप्त भयो । उनको चोला उठ्दा यस्तो लाग्छ माछापुच्छ्रे हिमाल रोयो । चेरापूंजीले आ“शु झा¥यो, कन्चनजंघाले ड“ाको छोड्यो र शनिश्चरे मा.बि.ले कङ्कला शब्द निकाली बिलौना ग¥यो । हामी सबैले नियतीको नियम समझेर कन्काई नदीमा उनको दाहासंस्कार ग¥यौं । घाट्मै कञ्चनजंघाको समाचार कर्मी पिनाकी कोइरालाले विशिष्ट व्यक्तिहरूसित उनको बारेमा केही शब्द चित्र प्रस्तुत गर्न लगाए । यता उनको बारेमा प्रशंसा हुँदै थियो, उता उनको शरीर जलेर भस्म हु“दै थियो । चारैतिर शोकका स्वरहरु मात्र अमिलो पाराले आइरहेका थिए । मैले भने ‘श्रद्धा–सुमन अमर आत्मालाई भन्दै भारी मन लिएर घर फर्कें ।अस्तु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here