पथरीशनिश्चरे–१० मा लैंगिक हिंसा विरुद्धको अभियान कार्यक्रम

९ मंसिर २०७९, शुक्रबार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे वडा नं. १० भुटानी शिविरमा लैगिक हिंसा विरुद्धको अभियान कार्यक्रम सुरु भएको छ ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा भुटानी शरणार्थी व्यवस्थापन समिति पथरीशनिश्चरे–१० ले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नगरका प्रमुख मोहनप्रसाद तुम्वापो रहनुभएको थियो ।

कार्यक्रममा पथरीशनिश्चरेका शिक्षा अभियन्ता प्रदिपकुमार राई, डाँसमोरङ्गी सामुदायिक वनका अध्यक्ष मदन पोख्रेल र पशुपतिका अध्यक्ष कविर राईको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको संयोजन भुटानी शरणार्थी शिविर व्यवस्थापन समितिका पुरूषोत्तम ढुंगेलले गरेका थिए।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here