रोमानिया पुगेका झापाका एक युवक अचेत

0
204

झापा। 

वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका झापा भद्रपुरका विकाश तिम्सिना कुटपिटबाट गम्भीर घाइते भई अचेत अवस्था (कोमा) मा त्यहाँ उपचाररत् छन् । भद्रपुर नगरपालिका–८स्थित फूलबारी टोल निवासी २६ वर्षीय विकाश रोमानियाको टिमिसोराआ हस्पिटलमा १८ दिनदेखि अचेत अवस्था उपचाररत् रहेका छन् ।

कार्तिक ३० गते करिब राति १० बजेको समयमा विकाशलाई ६ देखि ७ जना नेपाली युवाहरूले बाटोमा छेकेर निर्घात रुपमा कुटपिट गरेका थिए । उनीहरूले छोराको टाउकोमा बोतल प्रहार गरी गम्भीर घाइते बनाएको भनी खबर आएको उनका बुबा कुमार तिम्सिनाले बताए ।

‘छोराको कोमामा उपचार भइरहेको भनी परिवारलाई थाहा नै थिएन’– उनका बुबा तिम्सिनाले भने– ‘चार दिन अघि मात्र विकाशसँगै बस्दै आएका साथीले फोन गरेर घटना सुनायो ।’ घटना सुन्ने बित्तिकै हामी मुर्छा प¥यौँ । विकाशलाई नेपाली युवाहरू नै किन र के कारणले कुटपिट गरेको भनी उनको साथीले पनि घटना खुलाएर भन्न नसकेको उनको भनाइ छ । घरको जेठो छोरा विकास पढाई पूरा गरी ६ महिनाअघि मात्र रोमानिया गएको थियो । अहिले छोराको स्वास्थ्य अवस्था कस्तो छ, कुन हालतमा छ । त्यहाँ गएर बुझ्ने हामीसँग सामथ्र्य पनि छैन– कुमारले भने ।

‘सरकारको पहलमा रोमानियास्थित नेपाली राजदूतावासले सहजीकरण गरिदिए कम्तीमा घटनाको सत्य तथ्य बाहिर आउँथ्यो’– उनले भने– ‘अब सरकार वा सम्बन्धित निकायले सहयोग गरिदिनुप¥यो ।’ ग्लोबल म्यानपावर सामाखुसी काठमाडौँबाट २०७९ जेठ ८ गते विकाश रोमानियाका लागि उडेका थिए । नेपाली करिब ७ लाख रुपैयाँ खर्चिएर होटेलमा पिज्जा बनाउने काममा उनी रोमानिया गएको परिवारजनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here