रोटेपिङबाट लडेर पथरीकी अस्मिताको गयो ज्यान

0
251

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे -८ केर्खा टोलकी अस्मिता लिम्बूको रोटेपिङ खेल्ने क्रममा लडेर मृत्यु भएको छ ।

पोखराको औद्योगिक मेलामा रोटेपिङ खेल्दा लडेर घाईते उनको गण्डकी मेडिकल अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

अस्मितासँगै दिदी रुबिना , उनकी ४ बर्षिया छोरी र कोपिला समेत लडेर घाईते अवस्थामा रहेका छन् । गत मंसिर १६ गतेदेखि शुरु भएको औद्योगिक मेलामा १९ गते साँझ दिदीहरुसँगै मेला भर्न गएकी थिईन । अस्मिताले मंसिर २० गते पोखराबाट पथरी फर्किने टिकट काटेकी पनि थिईन्।

अस्मिताकी दिदी रुबिना पोखरामा बस्दै आएकी थिईन । दिदीको घरमा गएकी अस्मिता लडेर घाईते भएपछि मेला आयोजकले १२ लाख बढी उपचारमा खर्च गरेको र परिवारको माग बमोजिम २० लाख रकम दिएको आयोजक पोखरा उद्योग बाणिज्य संघका महासचिव बलराम आचार्यले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here