चौलागाईं प्रतिष्ठान अर्जुनधाराको नेतृत्व चयन

0
246

अर्जुनधारा,चौलागार्इं प्रतिष्ठान अर्जुनधारा नगर समितिको अध्यक्षमा पुनः लक्ष्मीकुमार चौलागाईं चयन भएका छन् ।
अर्जुनधारा–९स्थित आनन्द चौलागाईंको निवासस्थानमा आइतबार सम्पन्न भएको प्रतिष्ठानको चौथो साधारण सभाबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी नवगठित समितिको उपाध्यक्षमा मोहन चौलागाईं, सचिवमा गोपीकृष्ण चौलागाईं, सहसचिवमा सुधा चौलागाईं र कोषाध्यक्षमा डीकादेवी चौलागाईं चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा खीनमाया चौलागाईं, नारदमणि चौलागाईं, लक्ष्मीप्रसाद चौलागाईं र सुन्दरमणि चौलागाईं चयन भएका छन् ।
समितिका अध्यक्ष लक्ष्मीकुमार चौलागाईंको अध्यक्षतामा आयोजित उक्त साधारण सभाको प्रमुख अतिथि प्रतिष्ठान ताप्लेजुङका अध्यक्ष नारायणप्रसाद चौलागाईंले उद्घाटन गरेका थिए ।
कार्यक्रममा अध्यक्ष लक्ष्मीकुमारले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष जनक चौलागाईंले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा ज्येष्ठ सदस्यद्वय कमला चौलागाईं(७६) र भवानी चौलागाईं(७८)लाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।
समितिका सहसचिव बालकृष्ण चौलागाईंले संस्थाको पृष्ठभूमि र वर्तमान अवस्था बारे सहभागीहरुलाई जानकारी गराएको कार्यक्रममा नौ जनालाई आजिवन सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो ।
सो कार्यक्रममा प्रतिष्ठान झापाका सल्लाहकार टीएन चौलागाईं, झापाकी उपाध्यक्ष लीला चौलागाईं, कनकाईका अध्यक्ष नरेन्द्रप्रसाद चौलागाईं, बिर्तामोडका अध्यक्ष भेषराज चौलागाईं, बुद्धशान्तिकी सचिव यशोदा चौलागाईं, समितिका सल्लाहकार मधुसुदन चौलागाईंलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समितिकी उपाध्यक्ष दिलमाया चौलागाईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव गोपीकृष्ण चौलागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here