फेव्रुअरी ११ मा मिस तामाङ वल्र्ड प्रतियोगिता

0
159

झापा, सन् २०२२ फेव्रुअरी ११ मा मिस तामाङ वल्र्ड प्रतियोगिता हुने भएको छ ।
अघिल्लो वर्ष काठमाडौंमा सम्पन्न प्रतियोगिता यस बर्ष भारतको सिलिगुढीमा हुन लागेको आइतवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइयो ।
मिस तामाङ वल्र्ड फाउण्डेशनले प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
प्रतियोगिताका विजेतालाई यस अघि दुई लाख रुपैयाँ प्रदान गरिएपनि यस वर्षबाट पुरस्कार राशि वृद्धि गर्दै दश लाख रुपैयाँ पु¥याइएको मिस तामाङ वल्र्डका संस्थापक अध्यक्ष मिलन मोक्तानले जानकारी दिनुभयो ।
तामाङ समुदायका किशोरीहरु भित्र रहेको प्रतिभा, कला, संस्कृति, परम्परा, संगीत र साहित्यको खोज, संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा विश्वभर बसोबास गर्ने सबै तामाङ समुदायका किशोरीहरुले सहभागीता जनाउन सक्ने बताइएको छ ।
सन् २०२१ मा भएको प्रतियोगितामा सिक्किमकी साङ डोमा तामाङले मिस तामाङ वल्र्डको उपाधि हात पार्नु भएको थियो । उहाँ यस अघि मिस सिक्किम समेत बनिसक्नु भएको थियो ।
प्रतियोगिताका लागि नेपाल र भारतका विभिन्न ठाउँँमा तालिमको आयोजना गरिने फाउण्डेशनका महासचिव केवल तामाङले बताउनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न एक करोड चार लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष मोक्तानले बताउनुभयो ।
प्रतियोगिताका विजेतासंगै अन्य उत्कृष्ठ ५ जनालाई पाँच विधामा पुरस्कार प्रदान गरिने बताइएको छ । पाँच विधाहरुमा मिस तामाङ विश्व संस्कृति, मिस तामाङ विश्व पर्यटन , मिस तामाङ विश्व समाज कल्याण , मिस तामाङ विश्व शिक्षा , मिस तामाङ विश्व स्वास्थ्य रहेका छन् ।

मिस तामाङ वल्र्ड फाउण्डेशनले तामाङ समुदायको प्रतिनिधित्व गर्दै बनेका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा प्रदेश नम्वर १ प्रदेश सभा सदस्य गोपाल तामाङ र रोङ गाउँपालिका अध्यक्ष सुवास तामाङ रहनु भएको छ । गोपाल झापा निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट प्रदेश सभा सदस्यमा निर्वाचित बन्नु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here