कानेपोखरी चोकका अबैध रुपमा निर्माण गरिएका संरचनाहरु डोजर लगाई भत्काइए

0
169

छविराज ढकाल/ पथरीशनिश्चरे,

पुर्वी मोरङको कानेपोखरी गाउँ पालिका वडा नं ७ स्थित कानेपोखरी चोकमा वनको जग्गा अतिक्रमण गरी निमार्ण गरिएको अवैध संरचनाहरु वन समूहले डोजर लगाएर भत्काएको छ ।

यस अघि वन समूहले ५ दिने सूचना जारी गरे पनि अटेर गरेको भन्दै बुधबार डोजर लगाएर ति संरचनाहरु भत्काई दिएको हो । कानेपोखरी चोकका बासिन्दाले घर, टहरा, शौचालय , ट्युब वेल, बाख्रा तथा सुगुर खोर जस्ता संरचनाहरु निर्माण गरेका थिए । वन क्षेत्र दाउरा राख्नु साथै साग सब्जी,खुसार्नी समेत रोपेका थिए ।

केहि तीन तले पक्की घरका केहि भाग पनि भत्काईएका थिए । चोकको उत्तर दक्षिणको सडकदेखि पश्चिम पट्टीका वासिन्दाले जनजागृति सामुदायिक वनको जग्गा अतिक्रमण गरी आफ्ना संरचनाहरु निर्माण गरेको जनजागृति सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष भोजकुमार श्रेष्ठले जानकारी दिएका छन्।

अध्यक्ष श्रेष्ठको नेतृत्वको टिमले डोजर लगाएर वनको क्षेत्र खाली गर्ने कार्य थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here