विद्यालयले लिएको अतिरिक्त शुल्क फिर्ता दिने

१४ पुष २०७९, बिहीबार मा प्रकाशित

विनोद सापकोटा,
शिवसताक्षी ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ को त्रिभुवन माध्यमिक विद्यालयका छात्र छात्राले एसइइको परीक्षा दस्तुरका रुपमा विद्यालयले असुल गरेको अतिरिक्त शुल्क फिर्ता पाउने भएका छन् ।

उनीहरुले आइतबार विद्यालयको प्रसाशन साखाबाट फारम भर्दा बुझाएको एक हजार मध्ये ५ सय रुपैयाँ नगदै फिर्ता पाउने वडा अध्यक्ष विष्णु प्रसाईँले बताए । उनले भने तोकिएको शुल्क भन्दा एक रुपैयाँ पनि असुल गर्न पाईन्न । यो अनियमिता वा भ्रष्टचार हो ।’

म वडा अध्यक्ष रहेको वडा नम्बर ४ मा कुनै व्यक्ति, सरकारी वा गैह्रसरकारी संघ सस्थाले सरकारले तोकेको शुल्क भन्दा एक पैसा पनि वढी कुनैपनि काममा भुत्तानी गर्नु पर्देन,उनले भने यदि जवरजस्ती मोलमोलाई गर्दे विभिन्न बहानामा शुल्क संकलन गरे वडामा मौखिक जानकारी दिनुहोस् त्यसता व्यक्ति वा कर्मचारीलाई ठाँउको ठाँउ कार्वाही गरिने छ ।

पुर्वाञ्चलले ०७९ को एसईई परीक्षा दिन तयार विद्यार्थीबाट विद्यालय प्रसाशनले गैह्रकानुनी शुल्क असुल गरेको समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि वडाको ध्यानाकर्षण भएको भन्दै वडा अध्यक्ष प्रसाईले भने,‘ एसइइको परिक्षा दस्तुर ५ सय हो भने त्यतिनै विद्यार्थीबाट असुल गर्नुपर्छ । विद्यार्थीबाट किन अतिरिक्त ५ सय असुल्ने ?’

सो विद्यालयमा ४४ जना विद्यार्थी एसइइ दिने तयारीमा छन् । उनिहरुबाट विद्यालयले अतिरिक्त २२ हजार शुल्क असुल गरेको छ । वडा अध्यक्ष प्रसाईँले भने ,‘प्रधानाध्यापक नारायाण प्रसाद चापागाईँलाई निर्देशन भएको छ । आइतबार अशुल गरिएका विद्यार्थीलाई जनही पाँचसय फिर्ता गरिदिनुहोस् ।’ विद्यार्थीले रकम फिर्ता नपाए वडा कार्यालयमा सम्पर्क गर्न पनि वडा अध्यक्ष प्रसाईँले विद्यार्थीलाई आग्रह गरेका छन् ।

विद्यार्थीबाट ५ सयको शुल्क असुल गर्नुपर्नेमा विद्यालयले १ हजार संकलन गरेपछि विद्यार्थीले विरोध गरेका थिए । प्रधानाध्यापक चापागाईँले एसइइको फारम बुझाउन चन्द्रगढी जाँदा आँउदाको खर्च पनि यसैमा जोडेर संकलन गरेको विद्यार्थीलाई बताउने गरेको सो विद्यालयका विद्यार्थीले जानकारी दिएका छन् ।

विद्यालयले ८ वर्ष देखि १ हजार असुल गर्दै आएको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद चापागाईको भनाई उध्रित गर्दे शिवसताक्षी नगरपालिकाको शिक्षा शाखा प्रमुख छवि ढकालले बताएका थिए । ‘८ वर्ष अघिको निर्णय अहिले लाद्न मिल्दैन । ततुकाल शुल्क समायोजनका लागि मैले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पनि अनुरोध गरिसकेको छु ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here