पथरी शनिश्चरेमा पशुस्वास्थ्य तथा बाझोपन निवारण शिविर सञ्चालन

१४ पुष २०७९, बिहीबार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं ८ मा एक दिने पशुस्वास्थ्य तथा बाझोपन निवारण शिविर सञ्चालन गरेको छ ।

पथरी शनिश्चरे नगरपालिकाको पशुपन्छी विकास शाखाले विहीबार उक्त शिविर संचालन गरेको हो।

दोहलु शुक्रबारे बजारमा संचालन गरिएको शिविरमा १८७ घरपरिवारले आफ्ना पशु चौपायाहरूको स्वास्थ्य तथा बाँझोपन सम्वन्धी सेवा उपलब्ध गराईएको पशुपंक्षी शाखा प्रमुख पर्वत साहले बताउनुभएको छ ।

उक्त अवसरमा वडा अध्यक्ष नवीन जंग कार्की, पशु चिकित्सक डा. सबल पोख्रेल लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here