तीन वर्षपछि खुलेको केरुङ नाका : चर्चा धेरै, निर्यात न्यून

0
171

काठमाडौँ।

तीन वर्षपछि पुस १० गते आइतबारदेखि केरुङ नाकाबाट निर्यात खुला भयो । नेपाल सरकारले लामो समयदेखि आग्रह गर्दै आए पनि कोरोना महामारीको कारण देखाउँदै चीन सरकारले उत्तरतर्फका सबै नाका बन्द गरेको थियो ।

यसबीचमा आक्कलझुक्कल चीनबाट हुने आयात खुला भए पनि निर्यात भने तीन वर्ष पूर्ण रूपमै बन्द रह्यो । यो बीचमा चीन सरकारले कोरोना महामारीमा सहज नीति अवलम्बन गरेपछि केरुङ नाकाबाट निर्यात खुला गरेको हो । यही समय नेपालमा बनेको नयाँ सरकारसँग जोडेर नाका खुलाको चर्चा भयो ।

नयाँ सरकार गठन भएसँगै चीन सरकारले उत्तरी नाका खुला गरेको चर्चा व्यापक भए पनि नेपालबाट निर्यात भने सुस्त गतिमा छ । लामो समयदेखि बन्द रहेको रसुवाको केरुङ नाका पुस १० गतेदेखि खुला भए पनि निर्यात भने न्यून रहँदै आएको छ ।

झन्डै दुई साताको यो अवधिमा दैनिक एक कन्टेनर मात्रै निर्यात भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here