भारतीय सहयोगमा निर्माण हुने १२ कोठे विद्यालय भवनको शिलान्यास

0
216

दार्चुला,

दार्चुला जिल्लाको दुहुँ गाउँपालिका वडा न ३ अन्तरगत रहेको जनबिकास मा.बि बारबाजमा भारतीय राजदूताबासको सहयोगमा निर्माण गरिने १२ कोठे बिद्यालय भवनको दुहु गाउँपालिका अध्यक्ष नरेन्द्र बडालद्वारा शिलान्यास गरिएको छ।

भारतीय राजदुतावास र दुहुँ गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भइरहेको विद्यालय भवनकोे बुधवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालले शिलान्यास गरेका हुन् ।

उक्त विद्यालय भवन ३ करोड ९७ लाख लागतमा निर्माण भइरहेको दुहूँ गाउपालिका अध्यक्ष नरेन्द सिह बडालले जानकारी दिनुभयो । जसमा भारतीय राजदुतावासको ८० प्रतिशत तथा दुहुँ गाउँपालिकाको २० प्रतिशत लगानी छ ।

नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत भारतले गत असारमा दुहुँ गाउँपालिकालाई एक एम्बुलेन्स र जनविकास मावि बारबाजलाई स्कूल बस हस्तान्तरण गरेको थियो । बारबाजमा कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here