किन काठमाडौं आइन् बलिउड अभिनेत्री मलाइका ?

२८ पुष २०७९, बिहीबार मा प्रकाशित

काठमाडौं, 

बलिउड अभिनेत्री मलाइका अरोरा एक फेसन शोमा सहभागी हुन काठमाडौं आएकी छन् ।

बिहीबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनी नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको ‘ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो २०२३’मा सहभागी हुन काठमाडौं आइपुगेकी हुन् । बिहीबार याक एण्ड यति होटलमा हुने रनवेमा मलाइका शो स्टपरको रुपमा रहनेछिन् ।

विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले नेपाल आउन पाउँदा खुसी महसुस भएको बताइन् । नेपाल बसाईंको क्रममा फेसन, संस्कृति, फिल्म, संगीतबारे बुझ्ने प्रयास गर्ने उनले बताएकी छन् ।

नेपाली गहना र पहिरनमा र्‍याम्प वक गर्न पनि उत्साहित रहेको उनको भनाई छ । उनी बिहीबार उक्त कार्यक्रममा सहभागी भएर शुक्रबार भारत फर्किने कार्यक्रम छ ।

मलाइका यसअघि पनि केही पटक काठमाडौं आइसकेकी छन् । ‘हाउसफुल’, ‘काँटे’, ‘इएमआई’ जस्ता फिल्ममा अभिनय गरेकी उनलाई बलिउडको फेसन डिभा भनिन्छ ।

उनको फेसन शैली पछ्याउनेको समुह ठूलो छ । फिल्म ‘दबंग’को ‘मुन्नी बदनाम हुई’ गीतमा नृत्य गरेपछि चर्चामा आएकी अरोरा केही वर्षयता अर्जुन कपूरसँगको अफेयरका कारण मिडियाको लाइमलाइटमा छिन् ।-फिल्मीखबर,

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here