गुरुकुलका बटुकलाई न्यानो कपडा

0
128

झिलझिले,
रुद गौरी अम्बिका प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष गोपाल ओली र उनकी धर्मपत्नी तुलसा देविले सताक्षीधाम संस्कृत गुरुकुलका बटुकलाई जाडोमा लगाउने न्यानो कपडा दिएका छन् । उनले मकर संग्रान्तीको अवसर पारेर आईतबार जुत्ता पनि दिएका छन् ।
समाजसेवी ओलीले झापाका विभिन्न ठाँउमा यस अघि पनि कुनै न कुनै प्रकारको सहयोग गर्दे आएका थिए । झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ७ व्याँङडाडा स्थायी घर भएका ओली तीन दसक देखि समाज सेवामा सक्रिय छन् । झिलझिलेमा केन्द्रिय कार्यालय रहेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाको संचालक समिति सदस्य समेत रहेका ओली जिल्लाका अन्य सामाजिक संघ संस्थामा समेत आवद्ध छन् ।
‘हाम्रो परिवारले आवश्यक्ता ठानेका संघ संस्थामा वर्षेनी सहायोग गर्दै आएका छौं । सताक्षीधामको सताक्षी गुरुकुल यो वर्षको छनौटमा परेर आवश्यक बस्तुको सहयोग गरेका हौं,’ ओलीले भने । एक वर्षका जति आम्दानी गर्न सकिन्छ त्यसको १० प्रतिशत समाज सेवामा छुट्याउने हाम्रौ परिवारको सदियौँ देखिको परम्परा रहेको उनले बताए । यस्तो सहयोगले आफुलाई आत्मासन्तुटी मिल्ने उनले बताएका छन् ।
थोपा–थोपा पानीले समुन्द्र बन्छ भनेझै, एक–एक जनाको सहयोग एकमुष्ठ रुपमा ठूलो हुने गरेको उनले बताए । यसले कसैलाई दुःख, कष्टबाट मुक्त दिलाउँनुका साथै आत्सन्तुष्टी समेत मिल्ने गरेको छ । ‘हाम्रो संस्कार नै छ, यसरी सहयोग गर्ने, अरुलाई दुःख पर्दा, आपत विपत पर्दा, समस्या पर्दा सहयोग गर्नु मानविय धर्म हो,’ उनले भने ।उनले मानविय प्रवृत्तिले हामीलाई श्रेष्ठ बनाउँने उनले बताए । पूर्विय संस्कारमा दान र दुखमा परेकालाई सहयोग गर्न प्रेरित गरिएको पनि उनले बताए ।
विद्यालयका बटुक, सताक्षीधाम क्षेत्रमा रहेका विभिन्न मन्दिरका पुजारीलाई ट्रयाक सुट र जुत्ता प्रदान गरेका थिए । अन्यलाई तिलक लगाईदिएर दक्षिणा प्रदान गरेका थिए । कार्यक्रममा छिमेकी बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख नविन ओली, संचालक समिति सदस्य पर्शुराम ढुँगाना लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here