अर्जुनधारामा प्रथम यू–१८ वडास्तरिय फुटबल प्रतियोगिता हुने

0
232

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ र ८ स्थित शनिश्चरे फुटबल क्लबको आयोजनामा यही माघ २० देखि प्रथम यू–१८ वडास्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।

खेलकुदको माध्यमबाट युवाहरुलाई कुलतबाट जोगाउन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको आइतबार क्लबद्वारा आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।

अर्जुनधारा–७स्थित अर्जुनधारा खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कार क्रमश ३० हजार र २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक सुरेन राईले जानकारी दिए ।

नगरपालिका अन्र्तगत ११ वटा वडाका टिमहरुको सहभागिता रहने प्रतियोगिताको अनुमानित लागत तीन लाख ९० हजार दुई सय रुपैयाँ लाग्ने प्रतियोगिताको फाइनल खेल २९ गते रहेको छ ।

त्यसैगरी प्रतियोगिता अन्र्तगत प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, प्रत्येक खेलको उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने क्लबका सचिव हरि गुरुङले जानकारी दिए ।

संयोजक राईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, झापा जिल्ला खेलकुद विकास समितिका सदस्य सुरेन्द्र गिरी, राष्ट्रिय फुटबल टिमका सदस्य विशाल राई, अर्जुनधारा–७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, क्लबका सल्लाहकार टेकराज सुब्बालगायतले फुटबल खेलको विकास र विस्तारसँगै प्रतियोगितालाई सफलतापूवर्क सम्पन्न गर्न सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव गुरुङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here