जेसीजबाट दलका नेताले धेरै सिक्न आवश्यक छ ः मुख्यमन्त्री कार्की

८ माघ २०७९, आईतवार मा प्रकाशित

उमानाथ भण्डारी,
कमल । 

१ नम्वर प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राजनिती दलका नेताहरुले जेसीज बाट धेरै कुरा सिक्नुपर्ने बताउनु भएको छ ।

कमल नगर जेसीजको सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमको उद्घाटन पछि आफ्नो शुभकामना मन्तव्यका क्रममा बोल्दै लोकतन्त्रको सुन्दरपक्ष भनेको विधिको शासन भएको बताउनुभयो । जेसीज यहि विधिको शासनहनुसार चल्छ त्यसैले समाज परिबर्तनमा जेसीजको महत्वपुर्ण भुमिका रहेकोछ । तर राजनितीदलका नेताहरु आफुले लिएको पछ छोड्न चाहादैनन् जहिलै पदमै बसि रहनाले समेत यस्तो समस्या आएको हो ।

जेसीजमा एक वर्षे कार्यकाल हुन्छ र त्यो पद छोड्नै पर्छ काम गर्ने मान्छेलाई यो एक वर्ष प्रशस्तै हो । नयाँ जोस र विचार साथ आउने व्याक्तिले एक वर्ष भित्रमा धेरै कामगर्न सक्छ । जेसीजको अर्को सुन्दर पक्ष भनेको युवाहरुको नेतृत्व विकास पनि भएको मुख्यमन्त्री कार्कीले बताउनु भयो ।

त्यस्तै पछिल्लो समय लागुऔषधको प्रयोगले युवाहरु धेरै नै समस्यामा पर्दै गएका छन् । यो गम्भिर विषय हो । यसलाई न्युनिकरण गर्नका लागी अबका दिनमा जेसीज लाग्नु पर्छ त्यसकालागी आवश्यक सहयोग गर्न आफु तयार रहेको समेत कार्कीले बताउनु भयो ।

आफ्नो कार्यकालमा कमल नगर जेसीजलाई पुर्व मेची देखी पश्चिम महाकलिसम्म सम्बन्ध स्थापित गर्न सफल भएका छौ । यो समयमा नेपाल जेसीजको पनि महत्वपुर्ण भुमिका रहेकोछ यस कार्यकालागी आफ्ना सबै समकालिनहरुलाई कमल नगर जेसीज वर्ष २०२२ का अध्यक्ष नरायण बस्नेतले बताउनु भयो ।

कमल नगर जेसीज वर्ष २०२३ को अध्यक्षमा मलाई निर्वाचित गराउन सहयोग गर्नुहुने सम्पुण अग्रजहरु प्रती आभार प्रकट गर्दछु । वर्ष २३ लाई उत्कृष्ट गराउनकालागी म र मेरो टिम लागी पर्ने कमल नगर जेसीज वर्ष २३ का नव निर्वाचित अध्यक्ष रिजु कार्कीले बताउनु भयो ।

सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा संचारकर्मि उमानथ भण्डारी, एफएम प्लस गौरादह,गाईका टिका प्रसाई , शैक्षिक व्यात्तित्व विजय अधिकारी,लेखक तथा सहित्यकार रामकुमार उपाध्याय लगायत दुई दर्जन भन्दा बढीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here