त्रिपुरेश्वर शिवालयमा स्कन्द महापुराणको द्वितीय खण्ड शुरु

८ माघ २०७९, आईतवार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा–३स्थित त्रिपुरेश्वर शिवालय मन्दिरमा स्कन्द महापुराणको द्वितीय खण्ड शुरु भएको छ ।

मन्दिर स्थापनाको ३२औं वार्षिक अनुष्ठान तथा विभिन्न महामारीका कारण ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना गर्दै सुरु भएको उक्त महापुराणको प्रमुख अतिथि प्रदेश नं.१का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उद्घाटन गरेका थिए ।

यही माघ १५ गतेसम्म सञ्चालन हुने महापुराणको प्रमुख वाचक आचार्य घनश्याम ढकाल र उपवाचक पण्डित पुष्प तिम्सिना रहेको मन्दिरका अध्यक्ष भोलानाथ बरालले जानकारी दिए ।
महापुराण अन्र्तगत मूल पाठसँगै संगीतमय कथा प्रवचन, सन्ध्या आरती, भजन किर्तन, माहत्म्य प्रवचन, ज्ञान मञ्च आदि हुने बताइएको छ ।

अध्यक्ष बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्ष सीताराम भट्टराई, अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देल, दाता हरि तिम्सिनालगायतले मन्तव्य राखेका थिए ।

समितिका उपाध्यक्ष लीलाधर खतिवडाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव भीम सुवेदीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here