वीरता लेडी जेसीजद्वारा मेची पुलमा मानवबेचविखन विरुद्ध अन्तरक्रिया

0
197

झाापा ।

कानूनलाई प्रभावकारी बनाएमा मानव वेचविखन रोक्ने सकिने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । वीरता लेडी जेसीजको १९ औँ स्थापना दिवसको अवसर पारेर झापाको कांंकरभिटटा स्थित मेची पुल नजिकै गरिएको मानव वेचविखन विरुद्ध सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कानूनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका हुन् ।

नेपाल प्रहरी, माइती नेपाल, एबीसी नेपाल, साना हातहरु नेपाल, साहासी महिला, महिला अधिकारकर्मी, विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार, मानव वेचबिखन विरुद्ध काम गर्ने संघसंस्थाका प्रतिनिधिहरु, भारतको तर्फबाट अध्यागमनका प्रतिनिधि, बाल सुरक्षा अभियान पानीट्याङ्कीका प्रतिनिधि तथा साना हातहरु भारतका प्रतिनिधिहरु लगायतले कानुनलाई प्रभावकारी रुपमा कार्यान्व्यन गर्न जरुरी रहेको औल्याए ।

कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय कांकरभिट्टाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले नेपाल भारत खुल्ला सिमाना भएको कारणले पनि मानव बेचबिखन गतिबिधि बढे पनि सुरक्षाको तर्फबाट संबेदनशील भएर सुरक्षा निकायले यसलाई रोक्न प्रभावकारी कदमहरु चलेको बताए । उनले खुल्ला सिमानाका कारण समस्या भएको उल्लेख गरे ।

नेपाल जेसीजका केन्द्रिय उपाध्यक्ष स्वस्तिका आचार्यले बढ्दो प्रविधिको प्रयोगकको कारण बेचबिखनको शैली परिवर्तन भइरहेकाले सूचना साथै जनचेतनाको कार्यक्रमहरु अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । उनले प्रविधिको प्रयोगमा पनि कडाई गर्नुपर्ने विचार ब्यक्त गरिन् । ।

माईती नेपाल काँकरभिट्टा प्रमुख गोविन्द घिमिरेले नेपालमा मानव बेचबिखनका घटनाहरुले परिवारमा अत्यन्तै पीडा दिएको बताए । नेपालमा गरिवी, अशिक्षा कै कारणले धेरै महिलाहरु यसबाट पीडित भएको पाइएको भन्दै रोजगारीको बहानामा महिला बेचबिखन हुने क्रम अझैं नरोकिएको बताए । उनले मानव बेचबिखनमा संलग्नलाई काडा रुपमा कारबाही हुनुपर्नेमा जोड दिए ।


एबीसी नेपाल झापाका अध्यक्ष कन्चना सिटौलाले मानव बेचबिखनको समस्याले महिलाहरुमा धेरै नकारात्मक असर परेको बताइन् । उनले राज्यले कानुन कार्यान्व्यनमा कडाई गर्नुपर्नेमा जोड दिइन् । बाल सुरक्षा अभियान पानीट्याङ्की भारतका उद्धारकर्मी गणेश रार्ई र पत्रकार पर्वत पोर्तेलले मानव वेचविखनको पछिल्लो अवस्था वारेमा बोल्दै महिलाहरुलाई प्रलोभनमा पार्नका लागि कतिपय अवस्थामा महिलाकै संलग्नता देखिएको उल्लेख गरे । उनीहरुले राज्य संयन्त्रका साथै सिमावर्ती क्षेत्रमा दुवै देशमा संघ संस्था तथा सरकार–सरकारले प्रभावकारी रुपमा काम गर्नुका साथै सिमा क्षेत्रमा कडाई गरिनुपर्नेमा जोड दिए ।

बीरता लेडी जेसीजका अध्यक्ष संगीता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालमा मानव बेचबिखनका घटनाहरु अहिले पनि बढिरहेको र यसलाई रोक्न सरकारले कानुनहरुलाई अझ दरिलो बनाउनु पर्नेमा जोड दिइएको छ । मानव बेचबिखनका रुप धेरै भएपनि नेपालमा गरिबी, अशिक्षित र राम्रो रोजगारीको अभावले महिलाहरु पीडित बन्दै गएको बताइएको छ । मानव बेचबिखनमा संलग्न जो सुकैलाई कानुनी दायरमा ल्याई दोषीलाई कडा कारबाही गर्नुपर्नेमा सरोकारवालाहरुले जोडदिए ।

बीरता लेडी जेसीसले समाजमा सकारात्मक परिवर्तनका लागि बिगतदेखि नै विभिन्न कार्यक्रमहरु गर्दे आएको भन्दै अध्यक्ष गिरीले महिलाका सवालका विषयमा मेची पुल नजिकै गरिएको यस्ता कार्यक्रमले राज्यका निकायलाई दबाब सिर्जना गर्ने धारणा ब्यक्त गरिन् । कार्यक्रमको सहजीकरण पत्रकार लीला अनोमलले गरेकी थिइन् । जेसीजले गर्ने चार वटा क्षेत्र – व्यक्तिगत, व्यावसायिक, अन्तर्राष्ट्रिय र सामुदायिक कार्यक्रमहरुमध्ये यो अन्तर्राष्ट्रिय कार्यक्रम अध्यक्ष गिरीले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव निशा शक्यले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here