प्रतिबन्धित औषधीसहित तीनजना पक्राउ

0
108

मोरङ ।

मोरङको दुई छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित औषधीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिराटनगर–१६ दक्षिण गेटमा लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका गौरादह नगरपालिका–९ झापाका ३१ बर्षीय सबिन खड्कालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक–४ एम्पुल, ऐभिल–४ एम्पुल, फेनारागन–४ एम्पुल र डाईजोपाम– ४ एम्पुल फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै बिराटनगर–१५ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश नम्बर १–०२–०४६ प ३९७५ नम्बरको स्कुटरलाई चेकजाँच गर्न क्रममा DIALEX DC 100 ML-२० बोतल फेला पारी चालक सुन्दरहरैचा नगरपालिका–१० मोरङका ३७ बर्षीय आसिष लामिछाने गुरुङ र स्कुटरमा पछाडी सवार चौबिसे गाउँपालिका–६ धनकुटाका २८ बर्षीय आशिष लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेको उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here