निःशुल्क थर्मल थेरापी शिविर सम्पन्न,५६० जनाले लिए सेवा

११ माघ २०७९, बुधबार मा प्रकाशित

मेचीनगर ।

झापाको मेचीनगर ४ बाहुनडाँगीमा माघ ४ गतेबाट शुरु ७ दिने निःशुल्क थर्मल थेरापी शिविर सम्पन्न भएको छ । पछिल्लो समय फिजियोथेरापीप्रति विरामीको अर्काषण बढ्दै गए पछि स्थानीय सरकार मेचीनगर नगरपालिकाले विभिन्न वडामा निःशुल्क थर्मल थेरापी शिविर सञ्चालन गर्दै आएको छ ।

भिगेन नेपाल नामक संस्थाको प्राविधक सहयोगमा भएको शिविर समापनमा बोल्दैं प्रमुख अतिथि मेचीनगर नगरपािलका उपप्रमुख मीना पोखरेल उप्रेतीले फिजियो थेरापीले बिरामीको दुखाई कम गर्नुको साथसाथै, कार्यात्मक क्षमता, सन्तुलनको पुनस्र्थापित गर्न मद्दत गर्ने भएको र विभिन्न कारणले दुखाई र नशाका विरामीहरुको आर्कषण बढ्का कारण नगरका नगरको १ , २ र ४ नम्बर वडामा यो सेवा सञ्चालन गरिएको बताउनुभयो । अब तुरुन्तै अन्य वडामा समेत यो सेवा सञ्चालन गर्ने जानकारी दिनुभयो ।

फिजियोथेरोपीप्रति विश्वास र मानिसको आर्कषण बढेसँगै स्थानीय सरकार मेचीनगर नगरपालिकाले विभिन्न वडामा निःशुल्करुपमा फिजियोथेरापी सेवा प्रदान गदैं आएको र मेशीन खरिदकालागि सहयोग गरिरहेको बताउनुभयो । मेचीनगर नगरपालिका वडानम्बर ४ को वडा कार्यालयले अजम्वरी केयर सेन्टर मेचीनगरको सहयोगमा आयोजना गरेको निःशुल्क शिविरबाट ५ सय ६० जनाले लाभ लिएका थिए ।

फिजियोथेरापी प्राविधिक ज्योति शिवाकोटीले फिजियोथेरापी भनेको मेडिकलको एउटा शाखा भएको र कोही व्यक्तिलाई बाहिरी रुपमा गाह्रो भयो, हात दुख्यो, ढाड ढुख्यो, नसा च्यापियो अनि कुनै पनि कुराले हिँडडुल गर्न गाह्रो भयो भने त्यति बेला बिरामीलाई गहिराहीमा जाँचिएर बिरामीलाई बिभिन्न तरिकाको व्यायाम गर्न, मांसपेशी उत्तेजक उपकरणहरू प्रयोग गर्ने, केहि जीवनशैली गतिविधिहरू जस्तै हिँड्ने, आसन, आदि सिकाउने, मांसपेशीहरू तन्काउने मेशीनहरु दिएर बिरामीलाई सञ्चो पर्ने उपचार थेरापी भएको बताउनुभयो ।

फिजियोथेरापिस्टले विरामीको अवस्था र उसको समस्यालाई हेरेर धेरै रोगहरुको उपचार गर्ने, अर्थोपेडिक सम्बन्धी ढाड दुख्ने, कार्पल टनेल सिन्ड्रोम, गठिया, कम पीठ दुख्ने, खुट्टाको अवस्था, साइटिका, घुँडाको अवस्थालगायतको समस्याहरु फिजियो थेरापीबाट ठिक पार्ने भएकाले पछिल्लो समय फिजियोथेरापीप्रति मानिसको आर्कषण र विश्वास बढेसँगै यसबाट निक्के फाइदा पुगेको स्थानीय चुडामणि अधिकारीले बताउनुभयो ।

औषधीले तपाईंलाई तत्काल राहत दिने भएपनिसाइड इफेक्ट हुन सक्छ तर फिजियोथेरापीमा विरामीलाई ठिक हुन अलि लामो समय लग्न सक्छ तर साइड इफेक्ट नहुने वडाध्यक्ष अर्जुनकुमार कार्कीको भनाई छ । फिजियोथेरापीमा चाही बिरामीको अवस्था, दुखाई कम नभएसम्म उपचारका लागि आउनु पर्छ, केहि हदसम्म दुखाई कम भएपछि हामी बिरामीलाई घरमा गर्नको लागि ब्यायामहरु गर्न लगायने, अनि त्यसपछि ४ –५ दिनको फरकमा फलोअपको लागि बोलाउने र विरामीको अवस्था बुझ्ने कार्कीको भनाई छ । शिविरमा थेरापिष्ट श्रेया सुवेदी, विपना बेघा ज्योति शिवाकोटीले सेवा उपलब्ध गराउनुभएको थियो ।

फिजियो थेरापीको सबैभन्दा ठुलो चुनौती बिरामीलाई आफुप्रति भरोसा दिलाउनु हो । किनभने धेरै समयसम्म निको भएन भने बिरामीहरुको मानसिक क्षमता कम हँुदै जान्छ । अनि आफुले गर्न सक्छ भनेर भरोसा लाग्दैन अनि आशा छोड्न थाल्छ त्यसो भएर फिजियोथेरापिस्टको बोलि सारै मिठो हुनुका साथै काउन्सेलिङ्ग एकदमै राम्रो हुनुपर्छ अनि मात्र बिरामीहरुलाई आफुप्रति विश्वास दिलाउन सकिने प्राविधिक शिवाकोटीको भनाई छ ।

वडानम्बर ४ वडाध्यक्ष अर्जुनकुमार कार्कीको सभापतित्वमा भएको समापन समारोहमा नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा माओवादी केन्द्रका प्रमुख प्रतिनिधिहरुसहित सर्वसाधारणको सहभागिता रहेको थियो । वडा सदस्य नुरकुमार कार्कीले सञ्चालन गर्नुभएको समापन समारोहमा सहभागी सवैलाई मेचीनगर वडानम्बर ४ का वडा सदस्य धनमाया कोइरालले स्वागत गर्नुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here