सरस्वती पूजा : विशेषता र पूजा विधि

१२ माघ २०७९, बिहीबार मा प्रकाशित

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवतीनिः शेषजाड्यापहा ।।

शरदा कुंदपुष्प, चन्द्रमा र बरफको हार झैँ सेता वस्त्रमा सुशोभित हुनुहुन्छ । जसका हातमा वीणाको श्रेष्ठ दण्ड सुशोभित छ । जो सेतो कमलमा विराजमान हुनुहुन्छ । ब्रम्हा, विष्णु र महेश्वर सदैव जसको स्तुती गर्नुहुन्छ । समस्त दुर्मती दूर गर्ने हे परमेश्वरी माता मेरो रक्षा गर्नुहोस् ।

सौर्यमासका हिसाबले माघ १ गतेदेखि सूर्य उत्तरायाण हुने भए पनि चन्द्रमासका हिसाबले माघ शुक्लपक्ष पञ्चमीदेखि मात्र सूर्य उत्तरायण हुने र दिनहरु क्रमशःलामा हुँदै जाने विश्वास रहेको छ । यस वर्ष सरस्वती पूजा अर्थात् वसन्त पञ्चमी माघ १२ गते बिहीबार परेको छ । हिन्दू पञ्चांग अनुसार माघ शुक्लपक्ष पञ्चमी तिथिबाट वसन्त ऋतु आरम्भ हुने हुँदा यस दिनलाई वसन्त पञ्चमी भनिएको हो । यस दिनलाई वसन्त पञ्चमी, श्री पञ्चमी, सरस्वती पूजा विभिन्न नामले चिनिन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धी पाएकी ब्रम्हाकी अर्धाङ्गिनी ब्रम्हायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान र सिद्धि अनि सद्बुद्धि प्राप्त हुने विश्वासका आधारमा यस दिनको ठूलो महत्व छ । आजको दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धी प्राप्त हुन्छ भन्ने कुरा गन्धर्व पूराणमा उल्लेख छ ।

वसन्त पञ्चमीलाई सरस्वती जयन्तीका रुपमा पनि मनाइन्छ । यस दिनलाई बालबालिकाहरुको अक्षरारम्भ तथाऔपचारिक शिक्षाको शुरुवात गर्ने विशेष शुभ दिन र उत्तम साइतका रुपमा लिइन्छ । यसदिन हरेक विद्यालय, शैक्षिक संघ–संस्था तथा विद्यार्थीहरुद्वारा घरमै पनि धुमधामका साथ सरस्वतीको पूजा–आराधाना गरी बुद्धि, विवेक र विद्याका लागि आशीर्वाद माग्ने चलन छ ।

वसन्त पञ्चमीको दिनलाई ज्ञान, वुद्धि र विवेक प्राप्तिका लागि उत्तम साइतको रुपमा लिइन्छ । देवगुरु बृहस्पति पनि ज्ञान, वुद्धि, विवेक, गुरुताका प्रतिक हुन् र उनै बृहस्पतिको बार हो बिहीबार । यस वर्षको सरस्वती पूजा पनि बिहीबार नै परेको छ । यसर्थ, यस वर्षको सरस्वती पूजा अत्यन्त शुभ र मंगलको सूचकको रुपमा आएको छ । पहिले–पहिले सरस्वती वन्दनामा प्रायः यो श्लोक पाइन्थ्यो र यसलाई विद्यालय पाठ्यक्रममा पनि समावेश गरिएको थियो ।

 


सरस्वती सुन्दर मूर्ति तिम्रो
कस्तो ओहो उजल रुप तिम्रो
छ्यौ हाँसका बहानमा चढेकी
सेतो सफा पहिरनमा खुलेकी

बीणा लिएको कर एक तिम्रो
किताब अर्को करमा छ तिम्रो
देवी तिमी बुद्धि विवेक दिन्छौ
मुहानहरु कि खानी तिमी हौ

आमा तिमीमा अति भक्ति राखी
तिम्रा दुई कोमल पाउ माथि
झुकाउँदै माथ प्रणाम गर्छौं
बिद्या मिलोस् आसिक नित्य माग्छौँ

पढ्छौँ सधैं पढ्न सिकाइ देऊ
लेख्छौँ सधैं लेख्न लगाइ देऊ
अज्ञानको नाश गराइ देऊ
हे सरस्वती माता ज्ञान बढाइ देऊ ।

वसन्त पञ्चमी माता सरस्वतीका लागि अत्यन्त प्रिय दिन हो । यस दिन विधिपूर्वक सरस्वतीको पूजन, कीर्तन र आरतीगर्नाले जीवनमा सुख, शान्ति र सफलता प्राप्त हुने, विद्या र बुद्धि बढ्ने तथा विद्या अध्ययन र आर्जनमा सफलता प्राप्त हुने विश्वास गरिन्छ । शास्त्र अनुसार यस दिन हातमा पुस्तक, बीणा र माला लिएकी सरस्वती कमलमा विराजमान रहेर प्रकट हुनुभएको कुरा उल्लेख छ । यस दिन माता सरस्वतीको पूजा गर्नाले ज्ञान, वाणी तथा शिक्षा सम्बन्धी सम्पूर्ण समस्याहरु समाधान भएर जाने विश्वास गरिन्छ । आजका दिन विवाह, व्रतबन्ध, बेल विवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ ।

यस दिन बालबालिकाहरुलाई शिक्षारम्भ साथै नाक–कान छेडी दिने गरिन्छ । सरस्वतीलाई चढाएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई सरस्वतीबाट चेतना र विद्याको ज्योति पाइन्छ भन्ने धार्मिक मान्यता र विश्वास रहेको छ । यस दिन बालबालिकाहरुलाई औपचारिक शिक्षाको शुरुवात तथा अक्षरारम्भ यस श्लोक वा बन्दनाबाट गराइन्छ ।

‘सरस्वति नमस्तुभ्यं वरदेकामरूपिणि ।
विद्यारम्भं करिष्यामिसिद्धिर्भवतुमेसदा ।।

विद्या आर्जन गरिरहेकाहरुले सरस्वतीका विभिन्न श्लोक, मन्त्र आदिद्वारा स्तुतीगान गर्दछन् :

सरस्वतीमया दृष्टा वीणा पुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विद्यादानं करोतु मे ।।१।।
प्रथमं भारतीनाम द्वितीयञ्च सरस्वती ।
तृतीयं शारदा देवीचतुर्थ हंसवाहिनी ।।२।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी ।।३।।
नवमं बुद्धिदात्री च दशमं ब्रम्हाचारिणी ।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।४।।
द्वादशै तानिनामानित्रिसन्ध्यं य पठेन्नरः ।
जिव्हाग्रे वसते तस्य ब्रम्हरुपा सरस्वती ।।५।।

सरस्वती पूजन गर्नका लागि यी सामग्रीहरु आवश्यक पर्दछन् ः सरस्वतीको मूर्ति वा फोटो, कमलको पूmल, सेतो वस्त्र, सरस्वती चालिसा, रंगीन माला, स्फटिक माला, चुनरी, दियो, कलश, पूजा थाली, गौमुत्र, धूप, गंगाजल, अष्टगन्ध, अवीर, केशरी, काँसको कटौरा, जौ, तिल, कुश, बत्ती, धागो, रक्षाबन्धन, अगरबत्ती, सस्र्यू, कपुर, मिश्री, श्रृंगार सामग्री, ल्वांग, सुकमेल, तिलको तेल, घ्यू, मह, श्रीखण्ड, चन्दन, शंख, घण्टा, चमार, ध्वजापताका, श्री सरस्वती यन्त्र, विद्यादायक यन्त्रहरु, आचमनी, जल, पञ्चपात्र, धूपदानी आदि । तर, यी सामग्रीहरु अनिवार्य चाहिन्छन् भन्ने चाहिँ होइन । आप्mनो गच्छे अनुसार यथाशक्य सामग्रीहरु जुटाएर पूजन गर्न सकिन्छ ।
भगवानको पूजाका लागि चित्त शुद्धि, मनको पवित्रता, भक्ति र ध्यान सबैभन्दा मुख्य कुरा हुन् । त्यसैले शुद्ध र पवित्र मनले सरस्वतीको प्रतिमा वा मूर्तिमा पुष्प अर्पण गरेर नमस्कार गर्नु नै पूजा पूर्ण हुनु हो ।

पूजन विधि

यस दिन बिहानै उठेर स्नान गर्नु पर्दछ । पवित्र आचरण र वाणीको संकल्प लिँदै माता सरस्वतीको माथिका सामग्रीहरुले गुरु पुरोहितहरुद्वारा विधिपूर्वक पूजन गर्नुपर्दछ । चन्दन, अक्षता, सेता र पहेँला पूmल, सेतो चन्दन, सेतो वस्त्र देवीलाई चढाउनु पर्दछ । प्रसादका रुपमा पहेँलो चामल, खीर, दूध, दही, मख्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल र मौसम अनुसारको फल चढाउनुपर्छ । अनि बुद्धि र सफलताको कामना गर्दै घिउमा दियो बालेर आरती गर्नुपर्छ ।

पढाइमा मन नलाग्ने विद्यार्थीहरुले देवी सरस्वतीको नित्य पूजन गरेमा अति शीघ्र लाभ पाउँछन् । सरस्वती माताको प्रतिमा अगाडि उभिएर निम्न श्लोकहरु उच्चारण गरेमा स्मरणशक्ति बढ्नुका साथै सबै मनोकामनाहरु पूरा हुन्छन् । हरेक देवीदेवताका एक मूलमन्त्र हुन्छ । यही मन्त्रद्वारा उनीहरुलाई आह्वान गरिन्छ । विशेष रुपमा यी मन्त्रहरु सिद्ध हुन्छन् । देवी सरस्वतीको अष्टाक्षर बीजमन्त्र– ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ । सरस्वती माताको पूजन गर्दा वानाना नैवेद्य अर्पण गर्दा वा प्रार्थाना गर्दा यस मन्त्रको जप गरेमा अधिक लाभ मिल्दछ । तत्पश्चात यी श्लोकहरुद्वारा भगवतीको ध्यान गर्नुपर्दछ ।
सरस्वती शुक्ल वर्णांसस्मितां सुमनो हराम् ।।
कोटिचंद्र प्रभामुष्ट पुष्ट श्रीयुक्त विग्रहाम् ।
वह्निशुद्धां शुकाधानां वीणा पुस्तकम धारिणीम् ।।
रत्नसारेन्द्र निर्माण नवभूषण भूषिताम् ।
सुपूजितां सुरगणैब्र्रह्मविष्णुशिवादिभिस् ।।
वन्देभक्त्यावन्दिताचमुनीन्द्रमनुमानवैस् ।
सरस्ती माताले हामी सबैको कल्याण गरुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here