तिमीलाई तिमीसँगै खुशी देखेपछि
म तिमीबाट छुट्टिएर आएँ ।
फर्किंदा मैले यो पनि थाहा पाएँ
मेरो मनले मन दुःखाए छ ।
मैले मेरै मनको मनलाई
बुझाउन सकेको छैन
उसले थाहा पाउँछ कि भनेर
आँशु बगाउन सकेको छैन
मेरो मन
म जस्तै
चुपचाप छ ।
जीवनमा पहिलो पटक
मेरो
मेरै मनसँग
मनमुटाव छ ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।