चुत्थो लाग्छ

२७ फाल्गुन २०७९, शनिबार मा प्रकाशित

बौलाहा कुकुरको समिकरण चुत्थो लाग्छ
कुरौनीमा बिरालो आकर्षण चुत्थो लाग्छ ।

भाउजूले देखेको सुनको मृग पकड्न
दौडिने कलीयुगे लक्ष्मण चुत्थो लाग्छ ।

कसाईको हरियो धाँसमा खसी भुलिन्छ
गुलियो चाट्न आत्मसमर्पण चुत्थो लाग्छ ।

काँधमा चडेर टाउकोमा हान्छ थाहा छ
सहभोजमा फेरि आमन्त्रण चुत्थो लाग्छ ।

देश खाई शेष पा¥यो सत्ता बेइमान छ
लुट्न डामेर छोड्छ नन्दीगण चुत्थो लाग्छ ।

मुगु पठाउने नुन खाई काठमाडौं सुन भो
दुरदराजका लागि आरक्षण चुत्थो लाग्छ ।

ढाकीमा निसाफ बेच्छ गद्दार न्यायलय
कैदको सट्टा पद आरोहण चुत्थो लाग्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here