स्वस्तिकाको ३८ औं स्थापना दिवसमा विविध कार्यक्रम

२९ फाल्गुन २०७९, सोमबार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयको ३८औं स्थापना दिवस विविध कार्यक्रम गरि सोमबार सम्पन्न भएको छ ।

विद्यालयकी संस्थापक ईश्वरा श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक इन्द्र ढुंगानाले विद्यालयको वार्षिक गतिविधि बारे जानकारी गराएको कार्यक्रममा पूर्व विद्यार्थी एवम् नयाँ श्रीनाथ गण चारआलीका सेनानी अभिषेक विष्ट, विद्यालय सम्बन्धी गीतका रचनाकार एवम् गायक सन्तोष आले, कलाकार जेसिका बस्नेतलाई सम्मानित गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट अभिभावक सुरेश विष्ट, वर्ष उत्कृष्ट विद्यार्थी–२०७९ अन्तरगत छात्रतर्फ रुपेश राम र छात्रातर्फ भूमिका चौधरी तथा गत शैक्षिक वर्ष २०७८को एसईईमा उत्कृष्ट जीपीए ल्याउन सफल विद्यार्थीद्वय छात्रतर्फ प्रतिक बराल र छात्रातर्फ निवेदिता ओझालाई सम्मानित गरिएको थियो । त्यस्तै राष्ट्रिय सेवा दल ४८औं जुनियर डिभिजनद्वारा खुकुरी ड्रिल प्रस्तुत भएको कार्यक्रममा गीत, नृत्य, रायम्स आदि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन) अर्जुनधाराका अध्यक्ष रुद्र सिटौला, शिक्षक अभिभावक संघका अध्यक्ष एवम् अग्रज पत्रकार दिपीन राई, खिबराज दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका सहसंयोजक केशवमणि ढकालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन संयोजक सीपी सुवेदीसँगै विद्यार्थीद्वय प्रशंसा घिमिरे र रिसर्च कोइरालाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here