‘अब वैशाख ६मा नेवि संघको महाधिवेशन हुनुपर्छ’

0
507

निरज निरौलाः

उपसभापति, नेपाल विद्यार्थी संघ, झापा
तपार्इं कहिलेदेखि, कसरी र कस्को पे्2ररणाबाट विद्यार्थी राजनितिमा प्रवेश गर्नु भयो ?
य नेपाल विद्यार्थी संघको स्थापनालाई जोडेर हेर्ने हो भने मेरो विद्यार्थी राजनीति इतिहास त त्यति लामो छैन । तर, पनि विगत ९÷१० वर्ष यता विभिन्न जिम्मेबारीमा बसेर संगठन गर्ने जिम्मा पाएँ । २०६२ सालमा ंअध्ययन गर्दे नेपाल विद्यार्थी संघको एकाई सचिवको जिम्मेवारी समालने अवसर मिल्यो त्यो दिन नै मेरो विद्यार्थी राजनीतिको पहिलो राजनीतिक जिम्मेवारी र विद्यार्थी राजनीति इतहासको श्री गणेश भएको दिन मान्नुपर्छ ।
राम्रोसंग नेविस के हो भन्ने थाह त थिएन तर पनि यति थाह थियो कि नेपाली कंग्रेसको एउटा भातृ संगठन हो । पारिवारिक पृष्ठभूमि अनि परिवेशले गर्दा होला थाह नै नपाईकन जस्तै गरेर विद्यार्थी राजनीति गर्न थालिएछ । हनु त मेरो विषय नै मेजर नेपाली भएर पनि होला मैले वीपी कोइरालालाई प्रशस्त पढ्न र चिन्न पाएका कारण पनि आस्था र झुकाव यसै पट्टि गएको मूल कारण हुन सक्छ । हुनत मेरो राजनीतिक जीवनको शुरुवातको पछाडि त्यस्तो कुनै प्रेरणाको श्रोत त छैन तर पनि नेपाली कांगे्रसको इतिहासमा मेरो बुबाले दिएको योग्दान र पार्टी प्रतिको सम्र्पण आदि इत्यादि कुरालाई सम्भंmदा मेरो बुबाले हिंडेको बाटो नै मेरो प्रेरणाको श्रोत बन्न पुग्यो ।
नेपाली विद्यार्थी संघको महाधिवेशन मिति तोक्दै सातौं पटक स्तगन भैसक्यो नि । महाधिवेशन कहिले होला ?
य तपाईंले राम्रो प्रश्न गर्नु भयो, हो भर्खर केही साता अगाडिमात्र नेपाल विद्यार्थी संघको राष्ट्रिय महाधिवेशन गर्ने भनेर अन्तिम मिति तयार गरेकै हो । तर यहाँसम्म आएर अधिवेशनको अघिल्लो दिनमात्र स्थगन गर्नुको पछाडि नेतृत्व पंक्तिको नियतमाथि स्वभाविक रुपले प्रश्न चिन्न खडा हुन आउँछ । हेर्नुहोस्, नेविस नेपाली कांग्रेसको परिस्कृत र प्रशिक्षीत कार्यकर्ता उत्पादन गर्ने फ्याक्ट्री हो । जसबाट धेरै भन्दा धेरै कार्यकर्ता उत्पादन गर्नुपर्ने अवस्थामा फ्याक्ट्री नै संकटमा परेको छ । कि त पराजित मानशिकता बोकेका नेतृत्वहरुको पराकाष्टाको कारण, कि त कांग्रेसले प्रजातान्त्रिक पद्धतिलाई भुल्न लागेको हो या त नेविसंघको यस महाधिवेशनमा प्रजातान्त्रिक पद्धतिलाई छोडेर टिके पद्धतिलाई नै पुनरावृति गर्न खोजिएको हो । यसको जिम्मा त सिंगो नेपाली कांग्रेस र नेविसंघका वर्तमान अध्यक्ष रञ्जीत जिले नै लिनुपर्छ ।
८÷९ वर्षसम्म यसरी महाधिवेशन नगराएर पार्टीले आम नेविसंघ प्रति आस्था राखेर अगाडि बढेका साथीहरुको भावना, जोस् जाँगरमा आँच आएको छ । यस घडीमा मैले दुःखका साथ भन्नु पर्छ कि यति लामो समयको अन्तरालमा कक्षा ११ पढ्दा नेविसंघ भएको विद्यार्थी स्नातकोत्तर तह पास गर्दासम्म नेविसंघको महाअधिवेशन नदेखी र नभोगी विद्यार्थी जीवन पार गर्न वाध्य भएका छन् ।
यस्तो अवस्था पुन नदोहो¥याउन र नेविसंघलाई नयाँ चुस्त, दुरुस्त र स्वस्थ नेतृत्व दिन स्थापना दिवस बैशाख ६ गतेलाई लक्षित गरी महाधिवेशन गरिनु पर्दछ ।
महाधिवेशनमा तपाईपनि कुनै पदमा उम्मेद्वार बन्दै हनुहुन्छ कि ?
य सर्वप्रथम त म प्रजातान्त्रिक पद्धतिको अधिकतम प्रयोगद्वारा चाँडै नै नेपाल विद्यार्थी संघको राष्ट्रिय महाधिवेशन होस् भन्ने पक्षमा छु । अब मेरो उम्मेद्वारीको कुरा गर्ने हो भने, म भन्दा केही सिनियर एवम् सँग –सँगै पाका साथीहरु पनि हुनुहुन्छ । उहाँहरुको क्षमता, योग्यता एवम् अवस्था (उमेर) लाई हेरेर पार्टीले पार्टी राजनीतिको उचित स्थानमा लैजानु पर्दछ । अनिमात्र स्वच्छ र स्वास्थ्य संगठन हुन्छ भन्ने मेरो धारणा हो । यही धारणालाई मध्यनजर गर्ने हो भने मेरो उमेरद्वारी नभएर नेविसंघका अधिकतम साथीहरुको साझा उमेरद्वारका रुपमा निरज निरौलालाई पनि नेपाल विद्यार्थी संघको केन्द्रीय समितिको एक सम्मानजनक स्थानमा तपार्इं पाउन सक्नुहुन्छ भन्ने कुरामा दुई मत छैन ।
पार्टी भित्र र सबै भातृ संगठनमा संस्थापन र देउवा प्यानल भनि दुई धारको राजनितिक हु“दै आएको छ । तपाई कता पट्टिको उमेरद्वार बन्ने ? अनि अलग–अलग धारबारे तपाईंको धारण ?
य स्वभावैले पनि पार्टी भित्र वा बाहिर सामान्य रुपमा गुट–उपगुट रहनुलाई त्यत्रो ठूलो रुपमा हेर्नु हँुदैन जस्तो लाग्छ । तर, पार्टीको बटमलाईन भन्दा टाढा गएर गलत क्रियाकलाप गर्नु वा गतल अभिव्यक्ति दिनु अवश्य नै गलत हो । विद्यार्थी संगठनलाई पार्टीको तल्लो स्तरको एक शसक्त अथवा मेरुदण्ड संगठनको रुपमा लिइन्छ । यस्तो संगठनलाई उम्रदै गर्दा नै हामी माझ गुट–उपगुटको पहिरन लगाइन्छ, यो अन्जानमा हुन्छ र कालान्तरमा बाध्यताका रुपमा परिणत भएको पाएको छु ।
तर आज म तपार्इंको यस पत्रिकामार्फत के भन्न चाहन्छु भने अब हुने नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशनबाट आउने नयाँ नेतृत्वद्वारा संस्थापन र देउवा प्यानल नभएर दुबै शब्द एकै ठाउँ ‘संस्थापन नै देउवा’ पाउनु हुने छ भन्ने कुरा विश्वास दिलाउन चाहन्छु । जुन दिनबाट आम तपाईंहरु जस्ता सञ्चार माध्यमहरुले कांग्रेस भित्रको गुट–उपगुटको समाचार लेख्न छाड्ने छन् जहाँ कुनै गुट हुँदैन, केवल एउटै पार्टी, एउटै प्रकृतिका कार्यकर्ता अनि एउटै नेता देउवा !
पढ्ने बेलामा राजनीतिमा लाग्दा पढाई बिग्रदैन ?
य खाने मुखलाई जुँगाले छेक्छ र ? हेर्नुहोस् विद्यार्थीको काम राति के हुन्छ र ? त्यसैले राति विद्यार्थीले राजनीति गर्नु पर्दैन नि, राति पढ्ने अनि बिहान बिद्यार्थीको हकहितको लागि लड्ने । विद्यार्थी र राजनीति फरक–फरक शब्द हुन् ।
यसलाई यसरी नै फरक रुपमा बुझ्नुपर्दछ । तर अध्ययन र राजनीतिलाई सँगसँगै डो¥याउन सक्नु नै महान कुरा हो । गुरु विना शिक्षा आर्जन गर्न सकिँदैन त्यस्तैै शिक्षा विनाको राजनीतिको कुनै अर्थ हुँदैन । त्यसैले म पढाई र राजनीतिलाई सँगै लिएर जान्छु ।
                                                                                                                                                           प्रस्तुतिः एकराज गिरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here