कोशी भ्रमण वर्ष २०८२ परिणाममुखी हुनेछ

0
21

सूर्य थपलिया नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक हुन् । पर्यटन व्यवस्थापन तथा नीति–निर्माणमा झण्डै दुई दशकको अनुभव भएका थपलिया नेपालको समग्र पर्यटन विकास रणनीति, गन्तव्य प्रवद्र्धन, तथा क्षेत्रीय पर्यटन योजना निर्माणमा नेतृत्वदायी भूमिका खेलेका छन् । विविध अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालको सहभागिता सुनिश्चित गर्नेदेखि लिएर प्रदेशस्तरीय पर्यटन योजना, निजी क्षेत्रसँग सहकार्य, दिगो पर्यटन अभ्यास प्रवद्र्धन, र डिजिटल प्रविधिको समावेशीतर्फ उनले विशेष ध्यान दिँदै आएका छन् ।
कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा कार्यान्वयन भएका थुप्रै गन्तव्य प्रवद्र्धन कार्यक्रमहरूमा उनको रणनीतिक योगदान रहेको छ । पर्यटकमैत्री नीतिको अभ्यास, स्थानीय समुदायको संलग्नता र अन्तर्राष्ट्रिय बजारसँगको समन्वय उनका प्रमुख कार्यक्षेत्र हुन् । हाल नेपाल पर्यटन बोर्डको जनसम्पर्क तथा संकट व्यवस्थापन विभागमा रहेर काम गरिरहेका झापाका समेत स्थायी बासिन्दा थपलियासँग नेपाली पर्यटनको अवस्था, विकेन्द्रीकरण पर्यटन रणनीति तथा पर्यटनका आयाम र परिवर्तनको प्रभाव र न्यूनीनकरण लगायतका विषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ : 

हालको अवस्थामा नेपालको समग्र पर्यटन उद्योग कहा उभिएको छ ? पछिल्लो समयको परिवर्तन, चुनौती र अवसरहरूलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?

– कोभिडपछिको पुनरुत्थानमा नेपालको पर्यटनले राम्रो फडको मारेको छ । विश्वका अन्य गन्तब्यको तुलनामा नेपालको पुनरुत्थानको वृद्धिदर उच्च छ । यो सन्दर्भमा सकरात्मक छ । मुख्य विषय उच्च लगानीको सुरक्षा र प्रतिफलका लागि नयाँ सोच र आक्रामक बजारीकरण र पर्यटक आकर्षणका लागि क्षेत्रगत सहजीकरण र सुविधा र सहुलियत आवश्यक छ अब । पर्यटनको रुप, शैली र आयाम परिवर्तनशील हुन्छ । २१औं शताब्दीको तेस्रो दशकसम्म आइपुग्दा नेपालले क्षेत्रीय लगायत विश्वव्यापी गन्तब्यसँग प्रतिस्पर्धा गर्नुपर्छ ।

कोशी प्रदेश नेपालको पर्यटन नक्शामा किन विशेष छ ? सगरमाथा (संसारकै सर्वोच्च शिखर)देखि कचनकबल (नेपालको सबैभन्दा होचो भू–भाग)सम्म फैलिएको प्रदेशको पर्यटन प्रबद्र्धन गर्न किन चुकिरहेका छौं ?

– कोशी प्र्रदेशको विषेशता र तुलनात्मक प्रतिस्पर्धाको लाभ पनि यही नै हो । संघीय व्यवस्थामा प्रदेशको आ–आफ्नो अर्थ राजनीति संरचनामा प्रतिस्पर्धा पनि छ । विद्यमान पर्यटनको कानूनी संरचनामा प्रतिस्पर्धाभन्दा पनि समन्वय र सहकारिता नै प्रमुख फाइदा भए पनि गन्तव्यको आकर्षण, बजारीकरण र स्थानीय अर्थतन्त्रको सुदृढीकरणमा संसारकै अग्ला आठ हजारभन्दा माथिका पाँच वटा अग्ला हिमाल रहेको, साहसिक, घुमफिर, भौगोलिक तथा सांस्कृतिक विविधताको प्रचुरताको कारणले पनिचा कोशी प्रदेशमा पर्यटनको भविष्य निश्चित छ । भारतको पश्चिम बंगाल, बिहार तथा उत्तर पूर्वी राज्यको करिब तीस करोड जनसंख्याको कारणले पनि कोशी प्रदेशको पर्यटनको भविष्य उज्जवल छ । तर, यहाँ प्रमुख प्रस्थान बिन्दु चाहिँ राजमार्गको कनेक्टीभिटी सुधार, उड्डयनको विस्तार र विकेन्द्रीकरण र निजी क्षेत्रको सेवा र आतिथ्यताको क्षमता र गुणस्तरको सुधार हो ।

प्रदेश वा स्थानीय तहमा पर्यटन विकासका लागि नेपाल पर्यटन बोर्डले कुन–कुन किसिमका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ?

– यो महŒवपूर्ण प्रश्न हो । २०७२ को संघीय व्यवस्था पछि संघीय कानून अन्तर्गतका राष्ट्रिय संस्थाहरुको प्रादेशिक विस्तारको अपेक्षा स्वभाविक हो । दश वर्षको संघीयताको अभ्यासमा नीतिगत, संरचनागत र कानूनी व्यवस्थामा कामहरु भएका छन । पर्यटन ऐन २०३५ को परिमार्जनको बाटोमा छ । नेपाल पर्यटन बोर्ड २०५३ मा स्थापना हुँदाको समय फरक थियो । आजको अवस्था फरक छ । यो बद्लिएको अवस्थामा नेपाल पर्यटन बोर्डको विस्तारको बिषयमा चर्चा हुन्छ, भएको छ । पछिल्ला १२ देखि १५ वर्षमा नेपाल पर्यटन बोर्डले नेपालको प्रबद्र्धन अन्तर्राष्ट्रिय बजारमा र आन्तरिक बजारमा विभिन्न प्रदेश, स्थानीय तह र गन्तब्यको प्रबद्र्धन गरिरहेको छ । निजी क्षेत्रसँगको सार्वजनिक निजी साझेदारीको अवधारणामा गन्तब्य प्रबद्र्धन, बजारीकरण र सेवाको गुणस्तर र आतिथ्यताको क्षमता अभिवृद्धि गर्ने किसिमको कार्यक्रमहरु नेपाल पर्यटन बोर्डले सञ्चालन गरिरहेको छ । कोशी प्रदेशको पर्यटन प्रबद्र्धनको लागि क्रस बोर्डर कार्यक्रम, इष्टर्न पर्यटन मार्ट, हेल्थ पर्यटन मार्ट, कन्क्लेभ तथा आतिथ्यता तालिमहरु सञ्चालन गरिएको छ ।

झापा जिल्लाको पर्यटन विकासबारे तपाईंको दृष्टिकोण के छ ? झापालाई सिमाना पर्यटन, धार्मिक पर्यटन वा सामुदायिक गन्तव्यको रूपमा कसरी विकास गर्न सकिन्छ ?

– नेपालको संविधान २०७२ को व्यवस्थालाई समग्र आधार मान्नुपर्छ । संस्थागत व्यवस्था के छ भन्ने कुरा महŒवपूर्ण छ । संविधानको अनुसूचि ५, ६, ७, ८ र ९ मा संघ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार निर्दिष्ट गरिएको छ । पर्यटन यी पाँच वटा नैं अनुसूचीमा भएको कारणले तीन तहको सरकार र अन्तर्गतका निकायहरुको समन्वय र तदारुकता आवश्यक छ । बोर्डर जिल्ला र प्रमुख व्यापारिक जिल्ला पनि भएकोले झापाको पर्यटन विकास उभोलाग्दो नै छ । महाभारत र रामायणका कथा किंवदन्ती जोडिएको र पौराणीक महŒवका स्थान भएको कारणले धार्मिक तथा आध्यात्मीक पर्यटनको सम्भावना सधैँ नै रहेको छ । हिमाल प्रेरित भूगोल भएको कारणले जातीय र सांस्कृतिक र जैविक विविधताको कारणले पूर्वी नेपालको समग्र पर्यटन नेपालकै हकमा पनि महŒवपूर्ण छ ।

विकेन्द्रित पर्यटन विकास भनेको केन्द्रबिन्दु शहरहरू बाहिर पर्यटन फैलाउनु हो । कोशी प्रदेशले यस दिशामा के–कस्ता नीति वा कार्यक्रम अघि सार्न आवश्यक छ ?

– कोशी प्रदेश सरकारले अघि सारेको कोशी भ्रमण वर्ष २०८२ यस अर्थमा परिणाममुखी हुनेछ । विश्वको पर्यटनको बद्लिएको स्वरुप अध्ययन गर्ने हो भने पर्यटनमा ग्रामीण भेग प्राथमिकतामा छ । जिवनका सामान्य र आधारभूत विशेषताहरु आजको आधुनिक जीवनशैलीमा आकर्षण बन्दै गएको छ । शहरमा उकुसमुकुस छ । प्रतिस्पर्धाका कारणले मानिसहरु प्रकृतिसँग नजिक हुन खोजिरहेका छन र पर्यटन एउटा उत्कृष्ट माध्यम बन्दै गएको छ यस अर्थमा । हिमालको सुन्दरता र कोशी प्रदेशको मध्य पहाडी भेग आज नेपालकै प्रमुख गन्तव्यमा रुपान्तरण भएको छ । भारतीय सिमावर्ती भेगबाट ठूलो संख्यामा इलाम, ताप्लेजुङ्ग, धनकुटा, मुन्धुम, सगरमाथा क्षेत्रमा भ्रमणका लागि आउने गरेका छन् । १४ जिल्ला र १३७ स्थानीय तहहरु नै प्रदेशको पर्यटन विकासको साझेदार र लाभग्राही हुने अवस्था छ । एकल र साझा अधिकारको क्षेत्रभित्र रही पर्यटन विकासका लागि नीति, कार्यक्रम र आवश्यक कानून बनाएर काम गर्न सकिने अवस्था छ । पर्यटनमा कोशी प्रदेशको बजार प्रबद्र्धनका लागि भारत तथा तेस्रो मुलुकमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा प्रशस्त काम गर्न सकिन्छ र भइरहेको पनि छ । नेपाल पर्यटन बोर्डले मुख्यगरी गन्तब्य पहिचान, निजी क्षेत्रको क्षमता विकास र प्रदेश सरकार र स्थानिय तहसँग सहकार्य र साझेदारीमा बजारीकरण र प्रचारप्रसारमा सहयोग गरिरहेको छ । नीति–निर्माण र आवश्यक कानूनी प्रबन्ध प्रदेश सरकारको कार्यक्षेत्राधिकार हो ।


स्वास्थ्य पर्यटन कोशी प्रदेशमा किन सम्भावनायुक्त क्षेत्र मानिन्छ ? प्राकृतिक जडीबुटी, आयुर्वेद केन्द्र, न्यानो हावा–पानी र मनोवैज्ञानिक शान्तिका आधारमा प्रदेशलाई कसरी ब्रान्डिङ गर्न सकिन्छ नि ?

– निजी र सार्वजनिक क्षेत्रसँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले २०८० असारमा पहिलोपटक स्वास्थ्य क्षेत्र र पर्यटन क्षेत्रको संयोजन र सहकार्यमा यो सम्भावनालाई संस्थागत गर्ने प्रयास शुरु गरेको हो । यो एउटा दीर्घकालिन सोच र कार्यक्रम भएको छ । प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको सहकार्यले स्वास्थ्य पर्यटनको सम्भावनालाई पर्यटकीय उपजको रुपमा नै विकास गर्न सकिने देखिएको छ । कोशी प्रदेशमा स्वास्थ्य क्षेत्रमा भएको ब्यापक लगानी र जनशक्तिको विकासले यस क्षेत्रलाई पर्यटनसँग जोडन सकिने प्रशस्त आधार छ । स्वास्थ्य पर्यटन हाल विश्वव्यापी टे«न्ड भएको छ । भारत, बंगलादेशको विशाल जनसंख्या नेपालको लागि ठूलो स्वास्थ्य पर्यटनको बजार हो र यस क्षेत्रलाई प्राथमिकताका साथ सरकार र पर्यटन क्षेत्रले नितीगत र कानूनी रुपमा नै स्थापित गर्नुपर्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here