पूर्व राष्ट्रिय खेलाडी मगरबाट फुटबल क्लबलाई आर्थिक सहयोग प्रदान

0
166

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे फुटबल क्लबलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”को पहलमा हाल बेल्जियममा रहेका अर्जुनधारा–७ निवासी पूर्व राष्ट्रिय खेलाडी ज्ञानु राना मगरबाट क्लबलाई ४० हजार रुपैयाँ प्राप्त भएको हो ।

उक्त सहयोग रकम मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष आले र उनका दाइ पूर्व खेलाडी लोकबहादुर राना मगरले संयुक्तरुपमा क्लबका सचिव हरि गुरुङ र प्रशिक्षक पुष्प मादेनलाई हस्तान्तरण गरेका थिए ।

प्राप्त सहयोग रकम क्लबले सञ्चालन गर्ने तीन महिने तालिममा आवश्यक कार्यहरुमा खर्च गरिने सचिव गुरुङले जानकारी दिए । फुटबल खेलको निरन्तरतासँगै खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लबले सफलतापूर्वक सम्पन्न गरेको प्रथम यु–१८ वडास्तरिय फुटबल प्रतियोगिताबाट प्रभावित भई आफूले सहयोग रकमका लागि पहल गरेको संघका अध्यक्ष आलेले बताए ।

व्यवसायसँगै युरो नेपाल स्पोर्ट एसोसिएसनका अध्यक्ष समेत रहेका मगरले आगामी दिनमा पनि क्लबले सञ्चालन गर्ने विभिन्न खेलकुद गतिविधिहरुमा सहयोग गर्ने उनलाई उद्धरित गर्दै अध्यक्ष आलेले बताए ।

लामो समय नेपाल पुलिस क्लबमा आबद्ध रहेका मगर झापाबाट अन्तराष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here