सेभेनसिजका ५१ विद्यार्थी स्काउट द्धारा दिक्षित

३० फाल्गुन २०७९, मंगलवार मा प्रकाशित

विनोद सापकोटा/ झिलझिले।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा रहेको सेभेनसीज अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत ५१ जना बिद्यार्थीहरुलाई नेपाल स्काउटले दिक्षित गरेको छ ।

गएको असोज देखि नेपाल स्काउटको आधारभूत तालिम लिएका विद्यार्थीलाई नेपाल स्काउट शिवसताक्षी नगर तदर्थ समितिले दिक्षित गरेको हो । उनिहरुले नेपाल स्काउटको लोगो अंकित स्कार्फ, ब्याच लगायतका सामाग्री प्राप्त गरको थिए ।
र्
विभिन्न विद्यालयका स्काउट मास्टर्स, विद्यालयका प्रिन्सीपल, नगरका जनप्रतिनिधि, विद्यालयका संचालक, अभिभावक, पत्रकारको उपस्थितीमा मंगलबार एक समारोहवीच उनीहरूलाइ दिक्षित गरिएको हो । दिक्षित हुनेहरुमा २९ जना छात्र र २२ जना छात्रा गरि ५१ जना विद्यार्थी छन् ।

शिवसताक्षी नगरमा ४ वटा संस्थागत र १५ वटा सामुदायिक विद्यालय गरी १९ वटा विद्यालयमा स्काउट ट्रुप छ । ति मध्ये १३ वटा विद्यालयका विद्यार्थीले नेपाल स्काउटको सदस्यता लिई सकेका छन् ।

विद्यालयका खेलकुद शिक्षक समेत रहेका स्काउट मास्टर दुर्गा उप्रेतीले दिक्षीत विद्यार्थीलाई ७ महिना लामो स्काउटको आधारभुत तालिम दिएका थिए । विद्यालयमा आयोजित समारोहमा शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिन, वडा नम्बर ११ का वडा अध्यक्ष वहादुर आङ्गवो, नेपाल स्काउट शिवसताक्षी नगर तदर्थ समितिका संयोजक डिगम पराजुली, विद्यालयका प्रिन्सिपल दीपक कडरिया, इलाका प्रहारी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक युवराज कटुवाल, विद्यालयका संचालक विर्ख वहादुर कडरिया लगायतले दिक्षित गरेका थिए ।

नेपाल स्काउटको नियम अनुसार विद्यालयको प्रधानाध्यापक स्काउट ट्रुपको संरक्षक हुने व्यवस्था छ । विद्यालयका प्रधानाध्यापक दीपक कडरियालाई नगर स्काउटका संयोजक डिगम पराजुलीले सफत गराएका थिए ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक दीपक कडरियाले नेपाल स्काउटले बिद्यार्थीलाई शारीरिक ,मानसिक र सामाजिक रुपमा अव्वल बनाउन भूमिका खेल्ने बताएका छन् । सेभेनसिज स्काउट ट्रुपले समाजको भलो चाहने र आफु पनि सधैं अव्वल रहने हुँदा सबै बिद्यार्थीलाई स्काउट तालिममा सहभागी भएर शैदान्तिक शिक्षा सहित व्यवहारिक शिक्षा आर्जन गर्न पनि उनले आग्रह गरे ।

जीवन नै सिकाईको पुञ्ज भएको उल्लेख गर्दे पहिलो पटक स्काउट तालिककर्ता बिद्यार्थी दिक्षित गर्न पाएकोमा प्रिन्सीपल कडरियाले खुशी व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ८ का वडा अध्यक्ष सनतकुमार फेउदिनले नेपाल स्काउट अनुशासन, नैतिकता र साहसको पर्याय भएको उल्लेख गर्दे स्काउटका गतिविधिमा सहभागी हुन दिक्षित बिद्यार्थीहरुलाई अनुरोध अनुरोध गरेका थिए । उनले वडाका सामुदायिक तथा संस्थागत विद्यालयका स्काउट ट्रुपका लागि आगामी आर्थिक वर्ष देखि आर्थिक श्रोतको व्यवस्था गर्ने बताए ।

दिक्षित बिद्यार्थीले सात महिने आधारभुत तालिममा धेरै कुरा सिकेको बताउदै स्काउटले आफु लगायत सबै बिद्यार्थीको जीवनमा परिवर्तन ल्याउने बिश्वास व्यक्त गरेका छन् ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक दीपक कडरियाको अध्यक्षतामा भएको थियो । स्काउट मास्टर्स दुर्गा उप्रेतीले सहजीकरण गरेको कार्यक्रमका अथिती र दिक्षित विद्यार्थीलाई शिक्षक सुवास पोख्रेलले स्वागत, बधाई तथा सुभकामना मन्तव्य राखेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here