दानाबारीमा रक्तदान कार्यक्रम संगै बिभिन्न क्षेत्रका ब्यक्तिलाई सम्मान

0
208

विमल दहाल, इलाम ।

नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको आयोजना, साना किसान महिला कृषि सहकारी संस्था दानाबारीको प्रयोजन र नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा रक्तसंचार शाखा र लाईन्स क्लव अफ दमक झापाको प्रविधिक सहयोगमा माई-४ इलामको शुक्रबारे बजारमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

“रक्तदान जिवनदान” भन्ने नाराका साथ सम्पन्न रक्तदान तथा सम्मान कार्यक्रम मोरङ्ग नेपाल रेडक्रस सोसाइटी मोरङ्ग सभापति सुबोद सिंह को प्रमुख आतिथ्यता, लाईन्स क्लब अफ दमक झापाका लाइन्स अशोक चौघरीको विशेष आथित्य सम्पन्न भएको थियो।

कार्यक्रममा रेडक्रस प्रमुख अतिथि सिंह, बिशेष अतिथि चौधरी, रक्त सञ्चार बिराटनगरका संयोजक शिवानन्द यादव, रेडक्रस दानाबारी सभापति मित्र प्रसाद गौतम, दानाबारी रक्तसंचार संयोजक शिब भण्डारी, रेडक्रस दानाबारी पुर्ब सभापति कृष्ण खाकी, सानिमा हाइड्रोपावर कम्पनी लिमिटेडका वातावरण अधिकृत देवराज गुरागाईं, साना किसान महिला कृषि सहकारी संस्थाका अध्यक्ष कल्पना थापा, रेडक्रस लैङ्गिक समाबेशी संयोजक उर्वशी गौतम, जेष्ठ सदस्य नेत्र प्रसाद भट्टराई, दमक रेडक्रस उपशाखा रक्तसंचार शाखाका सिद्धार्थ दाहाल, रेडक्रस उपशाखा दमकका प्रबिधिक बिनोद कुमार अधिकारी, दानाबारी शाखाका ठाकुर प्रसाद खाती, पत्रकार विमल दहाल लगायतलाई रक्तदान कार्यक्रममा सहयोग र सहजीकरण गरे वापत लाईन्स क्लब दमक झापा र साना किसान महिला कृषि सहकारी संस्था दानाबारीले दोसल्ला र उपहार सहित सम्मान गरेको थियो।

महिलाहरु मात्र सम्मिलित साना किसान महिला सहकारी संस्था लिमिटेडले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको अध्यक्ष कल्पना थापाले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका सदस्य, कर्मचारी र सर्वसाधारण लगायतले रक्तदान गरेका थिए ।

साना किसान महिला कृषि सहकारी संस्थाका सदस्य र सर्वसाधारणले रक्तदान गरेको कार्यक्रमको अध्यक्षता दानाबारी शाखा सभापति मित्र प्रसाद गौतम र सन्चालन सचिब हरि प्रसाद गुरागाई र सिद्धार्थ दहालले गरेको साना किसान कृषि सहकारी संस्थाका ब्यवस्थापक दिपक मगरले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here