विद्यालय भवन निर्माण अधुरै

१ चैत्र २०७९, बुधबार मा प्रकाशित

खलङ्गा,

दार्चुलाको शैल्यशिखर नगरपालिका–७ स्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निमार्ण लामो समयदेखि अधुरै रहेको छ ।

शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । बजेट विनियोजनपछि भवन निर्माण अघि बढाइएको थियो । भवन निर्माण अधुरै रहेको स्थानीय गणेशदत्त जोशीले बताउनुभयो ।

नगरपालिकाले विद्यालय भवन निर्माणका लागी रु छ लाख ५० हजार विनियोजन गरेको थियो । बजेट अभावका कारण भवन निर्माण अधुरै रहेको प्रधानाध्यापक नवराज जोशीले बताउनुभयो ।

“बजेट अभाव भयो, बाँकी काम अघि बढ्न सकेन”, उहाँले भन्नुभयो । विद्यालय व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने सम्झौता भएको थियो । भवन निर्माण गर्न नगरपालिकाले थप बजेटको व्यवस्था नगरेपछि बाँकी काम अधुरै रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष करबिर जोशीले बताउनुभयो ।

विसं २०४० मा स्थापनमा भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्मको पठनपाठन हुँदैआएको छ । हाल यहाँ दुई सय १५ विद्यार्थी अध्ययनरत छन् ।

भवन निर्माण अधुरै रहेका कारण कोठा अपुग भएपछि हाल एउटै कोठामा दुईवटा कक्षाको पठनपाठन गर्नुपरिरहेको प्रधानाध्यापक जोशीले बताउनुभयो । स्थानीय तहसँग पटक पटक बजेटका लागि माग गर्दा पनि बजेट उपलब्ध हुननसकेको उहाँ बताउनुहुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here