काँकडभिट्टा क्याम्पसको स्ववियु निर्वाचन नेविसंघ विजयी

११ चैत्र २०७९, शनिबार मा प्रकाशित

मेचीनगर ।

काँकडभिट्टा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको लागि भएको निर्वाचनमा कोषाध्यक्षबाहेक सम्पूर्ण पदमा नेपाल विद्यार्थी संघ विजयी भएको छ ।

गए राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार २५० मत ल्याई स्ववियु अध्यक्षमा नेवसंघका विशाल तामाङ विजयी भएका छन् । त्यस्तै सचिवमा नेविसंघकै सुवास खत्री १८२ मत ल्याई विजयी हुँदा कोषाध्यक्षमा भने संयुक्त राष्ट्रवादी प्रगतिशील प्यानलकी अनुषा अर्याल १६९ मत ल्याई निर्वाचित भएकी छन् ।

त्यस्तै सदस्यहरूमा सबै जना नेविसंघका उम्मेदवारहरू विजयी भएका छन् । सदस्यहरूमा सुरज राई २४५ , सुरज चिमरिया २१७ , रिया ढुङ्गाना २०७ , अंकितप्रसाद चम्लागाई १८५ र योगेन्द्र खड्का९वरदान० १८१ मत ल्याई निर्वाचित भएको निर्वाचन समितिका संयोजक हेमकुमार खड्काले जनाएका छन् ।

समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत नेविसंघले ल्याएको छ । हिजो साँझ सम्पन्न समानुपातिकतर्फको मतगणनामा काँग्रेसनिकट नेविसंघले २१६ , एमालेनिकट अनेरास्ववियुले ११६, एकीकृत समाजवादीनिकट अनेरास्ववियुले ११० , राप्रपानिकट राप्रविसंले ३० र माओवादीनिकट अखिल क्रान्तिकारीले २६ मत ल्याएका छन् । क्याम्पसमा कुल ६१६ मतदाता विद्यार्थी रहेकोमा ५०४ मत खसेको निर्वाचन समितिका संयोजक खड्काले बताए ।

निर्वाचनमा तीन वटा प्यानलले उम्मेदवारी दिएका छन् । काँग्रेसनिकट नेपाल विद्यार्थी संघका तर्फबाट विशाल तामाङ , एमालेनिकट अनेरास्ववियुका तर्फबाट रोशन भुजेल र माओवादीनिकट अखिल क्रान्तिकारी , राप्रपानिकट राप्रविसं र एकीकृत समाजवादीनिकट अनेरास्ववियुको संयुक्त राष्ट्रवादी प्रगतिशील प्यानलका तर्फबाट विनम सरदारले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here