अर्जुनधारामा राष्ट्रिय स्वतन्त्र पार्टीको नगर भेला

0
125

अर्जुनधारा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले अन्य पार्टी भन्दा आफ्नो पार्टीमा नीति र नियत दुवै ठिक भएको दावी गरेका छन् ।

झापाको अर्जुनधारा–७स्थित सामुदायिक भवनमा शनिबार आयोजित नगर भेलालाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य प्रसाईंले उक्त दावी गरेका हुन् ।

त्यसैगरी हालै सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै उनले राजनीतिमा शिक्षाको उपयोग नगर्ने तर विद्यार्थीहरुलाई दलका नेताहरुले कमरा मात्र बनाउने गरेको आरोप लगाएका छन् ।

सम्बोधनको क्रममा पार्टीको सिद्धान्त र मान्यतासँग परिचित गराउन खोजेको जिकिर गर्दै उनले आफूहरुको पार्टीलाई पहिले परीक्षण गरेर मात्र विश्वास गर्न आग्रह गरेका छन् । त्यस्तै भेलाका अर्का सहभागी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सोविता गौतमले समाजमा रहेको विकृति विसंगतीलाई तोडेर सुसज्जित समाज निर्माण गर्नु आजको आवश्यकता भएको बताइन् ।

कार्यक्रममा पार्टीका प्रमुख सचेतक सन्तोष परियार, पार्टी झापाका संयोजक उमेश खरेललगायतले मन्तव्य राखेका थिए । खेम दाहालको अध्यक्षतामा आयोजित भेलामा स्वागत मन्तव्य टिकाराम गौतमले र कार्यक्रमको सञ्चालन कमल उप्रेतीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here