ढाका बुन्ने तथा मोबाइल मर्मत सम्बन्धी तालिम

४ जेष्ठ २०८०, बिहीबार मा प्रकाशित

युद्धबहादुर बोहोरा,
पाँचथर।

फाल्गुनन्द गाउँपालिकाका दुईवटा वडामा मोबाइल मर्मतदेखि सिलाइ–कटाई र ढाका बुनाइ गरी जम्मा ८० जनालाई तालिम दिइएको छ ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत नयाँ उद्यमी सिर्जनातर्फ वडा नम्बर ६ र ७ मा तालिम सञ्चालन भएको थियो ।

उक्त तालिममा ६ नम्बर वडाबाट ४५ दिने सिलाई कटाइ र ढाका बुनाइमा २०–२० जना प्रशिक्षार्थी थिए भने ७ नम्बर वडाबाट एक महिने मोबाइल रिपेयरिङ तथा मर्मतमा १० जना साथै सिलाइ–कटाई र ढाका बुनाइमा १५–१५ जना गरी जम्मा ८० जना सहभागी रहेको पालिकाका उद्यम विकास सहजकर्ता कृष्ण बुढाथोकीले जानकारी दिए ।

पालिकाको आर्थिक सहयोगमा एनएस कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इञ्जिनियरिङ प्रालि इलामद्वारा सञ्चालित तालिममा ढाका बुनाई प्रशिक्षणतर्फ रमा बाँस्कोटा, मोबाइल रिपेयरिङ तथा मर्मत प्रशिक्षक सञ्जीव राजवंशी र सिलाईकटाईमा मणिका राईले सहजीकरण गरेको आयोजक संस्थाका प्रतिनिधि पिताम्बर आचार्यले बताए ।

तालिम समापन कार्यक्रममा पालिका अध्यक्ष बृजहाङ आङ्देम्वेको प्रमुख आतिथ्य रहेको थियो । विशेष अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत निर्मल अधिकारी, रोजगार संयोजक विचारसिं लावती र ६ र ७ नम्बर वडाका अध्यक्ष नारायणप्रसाद आङ्देम्बे र देउकुमार आङ्देम्बे लगायतको उपस्थिति रहेको जनाइएको छ । सहभागीहरुलाई अतिथिले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here