उदयपुरको घटनाप्रति कोशी प्रदेश स्तरीय स्वास्थ्यका पेशागत संघसंगठनहरुको गम्भीर ध्यानकर्षण

९ जेष्ठ २०८०, मंगलवार मा प्रकाशित

पथरी शनिश्चरे,

गत ४ गते उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिकामा रहेको नगर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि भएको अपमानजनक व्यवहार भएको भन्दै कोशी प्रदेश स्तरीय क्रियाशिल स्वास्थ्यका पेशागत संघसंगठनहरुको संयुक्त ट्रेड युनियन संजालले गम्भीर ध्यानकर्षण भएको जनाएकाे छ।

मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै कोशी प्रदेश क्रियाशील स्वास्थ्यका पेशागत संघ संस्थाहरुले उदयपुरको चौदण्डीगढी- बेल्टारको नगर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि अपमानजनक व्यवहार भएको र बिना अनुमति भिडियो खिचेर गाली बेइज्जती गरिएकोमा विरोध जनाएका हुन्।घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कानुनी कारवाही गर्न सम्बन्धित निकायसंग जोडदार माग समेत गरेका छन्।

साविक चौदण्डीगढी प्राथमिक स्वास्थ्य केन्द्र र हालको नगर अस्पतालमा सिअहेव र जनस्वास्थ्य निरिक्षक पदमा कार्यरत स्वास्थ्यकर्मी माथि मिति गत०४ गते अपमानजनक व्यवहार भएको र बिना अनुमति भिडियो खिचेर गाली बेइज्जती गर्ने अभिप्रायले सामाजिक संजालमा पोष्ट गरेको प्रति ति पेशागत संघसंगठनहरुको संयुक्त ट्रेड युनियन संजालको गम्भीर ध्यानकर्षण भएको जनाएको छ । विज्ञप्तिमार्फत ‘बिरामीको सेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरु प्रति सत्य तथ्य नबुझि सतही रुपमा अभिव्यक्त अस्वभाविक धम्कीपूर्ण टिप्पणी, गाली बेइज्जती गर्ने नियत गलत भएको ठहर गररिएको छ।

विज्ञप्तिमा अगाडि लेखिएको छ -“नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भई सो परिषद्ले तोकेको code of ethics, जनस्वास्थ्य ऐन २०७५ र नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम ७ संग सम्बन्धित अनुसुचि ३ अनुसार हेल्थ इन्सपेक्सन समूहमा पर्ने अहेव, सिअहेव, हेअ जनस्वास्थ्य निरिक्षक र अन्य पदका स्वास्थ्यकर्मीहरूले तोकिएको जिम्मेवारी र कार्य विवरण अनुसार बिरामीको History taking लिने Examination जाच गर्ने Investigation / परिक्षण गर्ने, Diagnosis / रोगको निदान गर्ने र तोकिएको उपचार सहित औषधी प्रेस्किप्सन गर्ने अधिकार रहेको र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन २०७९ को दफा ३ मा स्वास्थ्य उपचारको विषयलाई लिई स्वास्थ्यकर्मीलाई घेराउ, अपमानजनक व्यवहार वा हातपात गर्न र स्वास्थ्य संस्थामा तोडफोड, आगजनी वा यस्तै अन्य कुनै कार्य कसैले पनि गर्न नहुने व्यवस्था रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।”

मानव जीवनसंग प्रत्यक्ष सम्बन्ध राख्ने संवेदनशील स्वास्थ्य पेशा प्रति गैह्र जिम्मेवारपूर्ण टिका टिप्पणी नगर्न अनुमति विना स्वास्थ्यसंस्था भित्र भिडियो खिचि सामाजिक संजालमा पोष्ट नगर्न र विरामीको सेवामा दिनरात खटिने स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने कार्य नगर्न नगराउन सम्बन्धित सबैमा अपील सहित उपरोक्त घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कानुनी कारवाही गर्न सम्बन्धित निकायसंग जोडदार माग गरिएको छ।

उदयपुर जिल्लाका स्वास्थ्य पेशाका ट्रेड युनियनहरुको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै दोषी उपर कारवाही नभए स्वास्थ्यकर्मीहरुको पेशागत हक, हित र अधिकार सहित सुरक्षाको लागि प्रदेश स्तरीय चरणवद्ध आन्दोलन गर्न वाध्य हुने व्यहोरा सम्बन्धित निकायको जानकारीको लागि अनुरोध सहित यो संयुक्त विज्ञप्ति जारी गरिएको पनि भनिएको छ।

प्रकाशित विज्ञप्तिमा राष्ट्रिय प्रगतीशील स्वास्थ्यकर्मी संगठन, कोशी प्रदेश समितिका अध्यक्ष एपोलो भगत,नेपाल स्वास्थ्यकर्मी संघ कोशी प्रदेश समितिका अध्यक्ष मुरारी प्रसाद आचार्य, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका कोशी प्रदेश अध्यक्ष राम कुमार धमला, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल कोशी प्रदेश समितिका अध्यक्ष मुकेश कुमार सिंह,नेपाल स्वास्थ्यकर्मी युनियन कोशी प्रदेश समितिका अध्यक्ष मोहम्मद फिरोज अलि लगायतले संयुक्त हस्ताक्षर गरेका छन्।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here