डा.भोला रिजाललाई रुपरत्न हरि प्रतिष्ठानको राष्ट्रिय सम्मान

0
118
अर्जुनधारा ।
देशमा सर्वप्रथम टेष्टट्युब बेबीको अवधारणा ल्याई कानुनी मान्यता दिलाउन सफल वरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा.भोला रिजाल बिहीबार एक कार्यक्रमकोबिच सम्मानित भएका छन् ।
झापाको अर्जुनधारा–७स्थित रुपरत्न हरि प्रतिष्ठानले स्वास्थ्यको क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तित्वलाई प्रत्येक तीन वर्षमा प्रदान गर्ने राष्ट्रिय सम्मानबाट डा.रिजाल सम्मानित भएका हुन् ।
स्थानीय रुपरत्न मेमोरियल इङलिस बोर्डीङ स्कूलको सभाहलमा प्रतिष्ठानका अध्यक्ष हरिलाल श्रेष्ठको अध्यक्षता र डा. लोकराज बरालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनलाई सम्मान पत्र, स्वर्ण अलङ्कार र नगद ५१ हजारसहित सम्मानित गरिएको थियो ।
चिकित्सकसँगै, साहित्यकार, गायक, रचनाकार, संगीतकार, चलचित्र निर्माता आदि बहुआयामिक व्यक्तित्वको पहिचान बनाउन सफल डा.रिजालको व्यक्ति परिचय उल्लेख गरिएको सम्मान पत्र प्रष्ठिानका महासचिव लोकनाथ पौड्यालले प्रस्तुत गरेका थिए ।
स्कूलकी छात्रा खुसी गिरीले गीत प्रस्तुत गरेको कार्यक्रममा सम्मानित व्यक्तित्व डा.रिजाल, साहित्यकार पुण्यप्रसाद खरेल, साहित्य चौतारी झापाका संरक्षक देवीभक्त श्रेष्ठ, परिवारका सदस्य पदमलाल श्रेष्ठलगायतले आफ्नो धारणा राखेका थिए । सोही कार्यक्रममा चित्रा पौड्यालले कविता वाचन गरेकी थिइन् ।
२०७१ सालमा स्थापना भएको प्रतिष्ठानले यस अघि २०७२ सालमा डा.भेषराज प्रसाईं र २०७५ सालमा डा.महेश खकुरेललाई सम्मानित गरेको थियो । २०७८ सालमा आयोजना गर्नुपर्ने सम्मान कार्यक्रम परिवारका एक जना सदस्यको निधन भएका कारण यस वर्ष गरिएको प्रतिष्ठानका सचिव एवम् स्कूलका फाउण्डर प्रभुकुमार श्रेष्ठले जानकारी दिए ।
      स्कूलकी कोअर्डीनेटर नम्रता गिरीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सहसचिव एवम् नेपाल पत्रकार महासंघ झापाका सदस्य होमप्रकाश अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here