जेठ २७ देखि बिर्तामोडमा राष्ट्रिय कराते प्रतियोगिता

१७ जेष्ठ २०८०, बुधबार मा प्रकाशित

झापा, झापाको बिर्तामोडमा राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।
आगामी जेठ २७ र २८ गते मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता हुने भएको हो ।
कोशी प्रदेश अन्तरगत हुने प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय उपाध्यक्ष तुलसी मैनालीले पुरुष महिलाका विभिन्न तौल समूहमा खेलाइने प्रतियोगितामा १९ वटा इभेन्ट रहने पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा सात प्रदेश र आयोजक टीम गरी आठ टीम सहभागी हुने छन् ।
प्रतियोगितामा खेलाडी र अफिसियल गरी २०० भन्दा बढीको सहभागिता रहनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १० हजार रुपैयाँ त्यस्तै दोस्रो हुने टिमले नगद सात हजार , तेस्रोले नगद चार हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट एक महिला र एक पुरुष खेलाडीलाई ट्रफी समेत प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here