सहाराबिहीन बालबालिकालाई इक्यान झापाको आर्थिक सहयोग

0
84

बिर्तामोड ।

आमाको निधनपछि अभिभावक बिहीन बनेका झाापाको बिर्तामोड –४ सूर्योदय टोलका तीन बालबालिकाको संरक्षणमा सहयोग पु¥याउने उद्धेश्यले नेपाल शैक्षिक परामर्श संघ ( इक्यान) झाापााले आार्थिक सहयोग गरेको छ ।

आमाको निधनपछि अभिभावक बिहीन बनेका निर्दिका दाहाल, निर्बिका दाहाल र दुर्गेश दाहालको सहारा नेपाल सहकारी संस्थाले संरक्षणको जिम्मा लिर्एको छ । बालबालिकाकालाई आर्थिक सहयोग गर्दै उनीहरुको जीवनयापन सहज बनाउन पहल गर्ने उद्धेश्यले इक्यान झापाले सहयोग अभियान नै सञ्चालन गरेको थियो । शैक्षिक परामर्शसंगै सामाजिक काममा पनि सक्रिय रहेको इक्यान झापाले बुधबार आर्थिक सहयोग गरेको अध्यक्ष मिलन ओलीले बताए ।

बालबालिको बैंक खातामा जम्मा हुनेगरी संस्थाका अध्यक्ष ओलीले नानीहरूका अभिभावक तथा स्थानीय सुनिल न्यौपानेलाई सो रकम हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम् बिर्तामोड– ३ वडाध्यक्ष मदन बुढाथोकी, अतिरिक्त विभाग प्रमुख अनिल सापकोटा , सदस्य तुलसी पाठक, साहारा नेपालका प्रतिनिधि तथा स्थानियको सहभागिता रहेको थियो ।

केही दिन अघि सञ्चारकर्मी भाग्य न्यौपानेले उनीहरुको विषयमा श्रव्य दृष्य सामग्री सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका थिए । न्यौपानेले सामाजिक सञ्जालमा उक्त सामग्री सार्बजनिक गरेलगत्तै इक्यान झापाले आर्थिक सहयोग गर्ने उद्धेश्यले सहयोग अभियान सञ्चालन गरेको थियो ।

न्यौपानेले सार्वजनिक गरेको भिडियो सामग्रीमा उनीहरुका बुवा डिप्रेसनले थलिएकाले उनीहरुको साथमा नरहेको रिपोर्टमा उल्लेख गरिएको थियो । आमाको निधन पछि तीन बालबालिका संरक्षणविहीन थिए । उनीहरुलाई आफन्तले समेत रेखदेख नगरेको उल्लेख गरिएको थियो । भिडियो रिपोर्टअनुसार बालबालिकाकी आमाको झण्डै ३७ वर्षको उमेरमा दमका कारण निधन भएपछि उनीहरु बिचल्लीमा थिए । यसैबीच सहारा नेपालले अभिभावकत्व ग्रहण गरेसंगै उनीहरु विद्यालय जान थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here