काँकरभिट्टामा रक्तदान

0
49

मेचीनगरः झापाको मेचीनगर ६ काँकरभिट्टामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर नगरकमिटीले आफ्नो ४४ औँ स्थापना दिवसको अवसरमा स्थानीय लक्ष्मीनारायण मन्दिर परिसरमा रक्तदान कार्यक्रम आयोज नागरेको थियो ।

नगरकमिटी अध्यक्ष राजकुमार सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जीवन–मरणका चरणमा रगत अपरिहार्य मानिने बताउनुभयो ।

मृत्युको मुखबाट धेरैलाई फर्काउने मनकारी रक्तदाता विश्वभरि धेरै महामारी, ठूला विपत्ति र एकैचोटि धेरै बिरामी हुने परिस्थितिमा यसको जगेडा असन्तुलित हुन पुग्ने देशमा कहिले काँहि त्यस्तैखाले समस्या देखा पर्ने गरेको उहाँको भनाई छ । रगतको मुल्य नहुने र सवैभन्दा ठूलो दान नै रक्तदान भएको आफुले दान गरेको रगतबाट कसैको जीवन बच्छ भने त्यो भन्दा ठूलो दान अरु केही नहुने उहाँको भनाई छ ।

रक्त बैंकहरुमा रगतको अभाव नहोस भन्ने उद्घेश्यले आफ्नो स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । संकलित रगत नेपाल रेडक्रस सोसाईटिलाई हस्तान्तरण गरिएको छ । रगत अभावमा कसैले पनि अकालमै मृत्युवरण गर्नु नपरोस र जिल्लाका रक्त बैंकहरुमा रगतको अभाव नहोस भन्ने उद्घेश्यले सामाजिक जिम्मेवारी वहनका लागि पनि रचनात्मक रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नेपाल रेडक्रस सोसाईटि भद्रपुर शाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा २० जनाले रक्तदान गरेको संगठनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा, अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टा, सशस्त्र प्रहरी बल वीओपी काँकरभिट्टाका सुरक्षाकर्मी, सञ्चारकर्मी, मजदुरसहित सर्वसाधारणले रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here