मेरो रेडियोको सात दिने मेरो आवाज तालिम सम्पन्न

0
58
अर्जुनधारा, झापाको अर्जुनधारा–८स्थित मेरो रेडियो १०५ मेगाहर्जको आयोजनामा आयोजित सात दिने मेरो आवाज तालिम शनिबार सम्पन्न भएको छ ।
स्थानीय जलेश्वर स्वावलम्वन समाजको सभाहलमा रेडियोका अध्यक्ष शंकर सुवेदीको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कुमारप्रसाद उप्रेती, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी, रेडियोका प्रबन्ध निर्देशक कुमार भट्टराई, रेडियोका अध्यक्ष सुवेदीले सहभागीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
सोही कार्यक्रममा प्रशिक्षार्थीहरु खेमचन्द्र गौतम, रञ्जिता खड्का, सजिन बोहोरालगायतले तालिमको अनुभव प्रस्तुत गरेका थिए । तालिमका सहभागी २८ जना प्रशिक्षार्थीलाई प्रशिक्षकहरु पत्रकार अमित खम्बू, तालिम संयोजक दीपक ढुंगाना र सरोज निरौलाले आधारभूत पत्रकारिता, उद्घोषण र कार्यक्रम उत्पादनसम्बन्धी प्रशिक्षण दिएका थिए ।
तालिम संयोजक ढुंगानाले स्वागत गरेको उक्त कार्यक्रमको  सञ्चालक राजेश नेपाल र शिवानी राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here