भारतको प्रतिष्ठित आर्किटेक्ट तथा डिजाइन अवार्डबाट नेपाली कम्पनी लिभिङ थिङ्स डिजाइन सम्मानित

0
41

काठमाण्डौं ।

भारतको प्रतिष्ठित आर्किटेक्ट तथा डिजाइन अवार्डबाट नेपाली कम्पनी लिभिङ थिङ्स डिजाइन प्रालि सम्मानित भएको छ।

नेपालमा लामो समयदेखि इन्टेरियर डिजाइनिङमा सक्रिय लिभिङ थिङ्स डिजाइनले उक्त अवार्ड हात पारेको हो।

भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमबीच लिभिङ थिङ्स डिजाइनलाई इन्डियाज् मोस्ट प्रोमिनेन्ट आर्किटेक्ट तथा डिजाइन अवार्ड २०२३ बाट सम्मान गरिएको हो।

मेरिट अवार्ड्स एण्ड मार्केट रिसर्चले बेस्ट रेसिडेन्सियल इन्टेरियर डिजाइनर अफ नेपालबाट सम्मान गरेको कम्पनीले जनाएको छ।

नेपालमा यो अवार्ड पाउने आफूहरुनै पहिलो कम्पनी भएको दाबी लिभिङ थिङ्स डिजाइनको छ। यस्तै, कम्पनीका संचालक शशी भूपाल सिंहलाई बेस्ट इन्टेरियर डिजाइनर अफ द इयर– २०२३ (नेपाल) बाट सम्मानित गरिएको छ।

कम्पनीले नेपालभर आवासीय तथा व्यवसायिक प्रोपर्टीको इन्टेरियर डिजाइनको काम गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here